सामाजिक, राजनीतिक हुँदै आपराधिक बन्यो निर्बाचन

gouri

न्युह्याम्सर अमेरिका, मे ११ ।

एनआरएन अमेरिकाको यहि मे १९-२० मा हुने रास्ट्रिय परिषदको निर्बाचन सामाजिक, राजनीतिक हुँदै आपराधिक चरणबाट गुज्रिन शुरु भएको छ । अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संगठन नेजाले गत हप्ता टेक्सासको डालसमा आयोजना गरेको एनआरएनका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रममा एक जना उम्मेदवार सुनिल शाहप्रति टेक्सासकै एक उदण्ड व्यक्ति तथा उसलाई पछाडीबाट सघाई रहेका अन्य व्यक्तिहरुको लक्षित सुनियोजित आक्रमण (फिजिकल एसल्ट) ले त्यस्तो परिस्थिति निर्माण गरेको हो ।

59183156_10217089736389856_687645506997846016_n

त्यस्ता आपराधिक चरित्र भएका व्यक्तिहरुलाई चुनाव कै एक जना अध्यक्ष पदका उम्मेदवारले आर्थिक, सामाजिक र मनोरन्जनात्मक ढंगबाट प्रायोजन गरेकोबाट त्यस्तो चरित्र प्रदर्शन भएको सार्बजनिक भैसकेको छ । ती उम्मेदवारको पक्षमा आपराधिक चरित्र भएका व्यक्तिहरुको समुहले उम्मेदवार शाहलाई सुनियोजित ढंगले कुनामा राखेको र अपराध उद्दत व्यक्तिलाई पछाडीबाट उकासिरहेको युट्युब भिडियोमा देख्न सकिन्थ्यो । उम्मेदवार शाहलाई बोल्न समय दिए पछि र उनको बक्तब्य शुरु भए पछि फिजिकल एसल्ट गर्न उद्दत व्यक्ति अनेकौं आरोप सहित दर्शक दीर्घा र रोस्टममै पुगेर उम्मेदवार शाह बिरुद्द बोलिरहेको र हातपात गर्न सक्ने स्थिति पैदा भएको भिडियोमा स्पस्ट देखिन्थ्यो । आयोजकहरु रमिते बनिरहेका थिए भने अन्य द्वय उम्मेदवार केहि नबोली ठोकोस भन्ने ढंगले निहालिरहेका थिए । अहिले त्यो भिडियो परिमार्जन गरी अर्कै रुपमा युट्युबमा राखिएको छ ।

नेपालको राजनीतिक पार्टी नेपाली कांग्रेसको अमेरिकाको लागि भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिका (नेजस) मा आबद्द व्यक्तिहरु दुई खेमामा बाँडिएर सामाजिक संस्थाको चुनावमा उत्रिएका छन । अध्यक्ष पदका उम्मेदवारहरु सुनिल शाह र सुर्य लम्साललाई सघाउने बहानामा ठुलो धनराशिमा लोभिएर नेजसका नेता कार्यकर्ताहरु बाँडिएका हुन । नेजस सभापति गोरख बिस्ट, उपसभापति त्रय सिपि पौडेल, केशब बराल र धर्म श्रेष्ठ उम्मेदवार शाहको पक्षमा छन भने बरिस्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, महासचिब मुनेंद्र नेम्बाङ्ग र कोषाध्यक्ष विजय थुलुङ्ग उम्मेदवार लम्सालको पक्षमा खुलेरै लागेका छन । अन्य पदका व्यक्तिहरुको हिसाब किताब छैन, यसको एक मात्र कारण छ -आर्थिक प्रलोभन ।

उम्मेदवार शाह मधेसी संगठनबाट नेपाली कांग्रेसमा प्रबेस गरेको र उम्मेदवार लम्साल कांग्रेसका एक जना नेताको भाई भएको अंश बन्डा गरेर नेजस नेतृत्व एनआरएन चुनावमा होमिएका हुन र एकले अर्कोलाई कम्युनिस्टहरु भन्दा तल्लो स्तरमा झरेर गिराउन लागि परेका छन, यहि हो आपराधिक क्रियाकलाप । एनआरएन अमेरिकाको नेतृत्व शुरुमा सामाजिक थियो, ५ बर्ष जति यो राजनीतिक भयो भने अहिले ५ बर्ष यता पूर्ण आपराधिक रुपमा दरिदै आएको छ ।

सन् २०१४ देखि नै एनआरएन अमेरिकाको चुनाव लुट्ने काम हुँदै आएको छ । यसको जस तत्कालिन अध्यक्ष खगेन्द्र जिसीलाई जान्छ । अध्यक्ष जिसीले जसरी चुनाव लुटे, त्यहि मोडलमा डाक्टर केशब पौडेलले २ कार्यकाल लुटेका थिए । त्यसकै एक अभिन्न अंगको रुपमा उम्मेदवार शाह रहेको आरोप लगाउंदै अर्को पक्षले उम्मेदवार शाह प्रति शंका गर्दै र फेरी चुनाव लुट्न सक्ने आशंकाले यो चुनाव अघि नै शाहलाई कसरी हटाउन सकिन्छ भनेर अनेक बखेडा झिक्ने काम भैरहेको छ ।

सदस्यता नबिकरण तथा नया सदस्यता बनाउने समयमा नै भएका अनेकौं किर्ते कामहरुले एनआरएनका सदस्यहरु २ तिहाई किर्ते भएको सबैको बुझाई छ । यो बुझाइबाट बिभिन्न ढंगले आरोपित उम्मेदवार शाह स्वत जित्न सक्ने डरले अर्का उम्मेदवारले साम, दाम, दण्ड र भेद चारै प्रकारका रणनीति अनुरुप उम्मेदवार शाहको बाटो छेक्न प्रयत्न भैरहेको हाम्रा सूत्रहरुको दाबी छ । उम्मेदवार शाह उम्मेद्वारीबाट बचे भने उनको विजय रोक्न अरुले नसक्ने स्पस्ट छ । प्राबिधिक, आर्थिक र मतदाताहरुद्वारा अरु भन्दा उनी बढी सुसज्जित छन । अन्तरास्ट्रिय समन्वय परिषददेखिका केहि प्रभावशाली व्यक्तिहरु समेत उम्मेदवार शाहको बाटो छेक्न र उनलाई चुनावबाट रोक्न प्रपन्च गरिरहेका छन ।

तेश्रो पक्षको रुपमा नेपालकै प्रमुख राजनीतिक दल नेकपा समर्थित व्यक्तिहरुको संगठन प्रबासी नेपाली मंच अमेरिकाका निबर्तमान अध्यक्ष संजय थापा पनि कांग्रेस समर्थित नेजसका दुई खेमाका उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्दैछन । उनको संगठन अमेरिकामा प्रभावशाली छ तर कांग्रेसको भात्री संगठन जस्तो विभाजित पनि छैन, बिबादित पनि छैन । भोट मनग्य छ तर समस्या के छ भने स्वच्छ निर्बाचन हुन्छ की हुँदैन? भन्ने बारे उम्मेदवार थापा ठुलो शंका बीच सोचमग्न छन । स्वच्छ निर्बाचन भएमा उनले चुनाव स्पस्ट बहुमतका साथ जित्न सफल हुन्छन । तर दुर्भाग्य नै भन्नु पर्छ -कांग्रेसको दुई खेमा कसले चुनाव लुट्ने भन्ने कसरतमा छ । त्यो कसरत असफल भएमा चुनावले थापालाई घुम्ने मेचमा बसाउने छ ।

बिगत ५ बर्षदेखिको चुनाव लुट्ने कामले यो पटक पनि चुनाव निस्पक्ष गराइन्छ भन्ने कुरामा कोहि पनि ढुक्क छैनन । डाक्टर पौडेलको नेतृत्वको दुई निर्बाचन गर्ने निर्बाचन समितिका व्यक्तिहरु नै बिबादास्पद र डाक्टर पौडेलकै सहयोगी भएको कांग्रेसको एउटा खेमा जो सुर्य लम्सालको पक्षमा वकालत गरिरहेको छ, ले नै ठुलो आशंका गरिरहेको छ, त्यहि पक्षले टेनेसीमा यहि निर्बाचन समितिको बिरुद्दमा मुद्दा दायर गरिरहेको छ र डाक्टर पौडेलको पक्षमा सधै सुरक्षा कवच भएर यहि निर्बाचन समितिले काम गरेको उम्मेदवार लम्साल समुहले समेत लाञ्छना लगाईरहेको परिप्रेक्षमा एनआरएन नेतृत्वको चुनाव निस्पक्ष हुने संकेत देखिदैन ।

निस्पक्ष र धाँदली पूर्ण चुनाव नहुने र पारदर्शी हुने हो भने उम्मेदवार थापालाई अहिले नै फूलमाला लगाई दिंदा फरक पर्दैन, आइसीसीका प्रभावशाली व्यक्तिहरु पनि उम्मेदवार थापाको विजयकै पक्षमा छन् तर समस्या के छ भने कांग्रेसका २ खेमाको लुटको सिकार यो पटक पनि हुने सम्भावना प्रखर छ ।

के गर्ने त?

एनआरएन अमेरिकाको चुनाव लुटमा आधारित हुने कुरा पक्कापक्की भएकोले आइसीसी प्रतिनिधि तथा अमेरिकाज क्षेत्रीय संयोजक गौरी जोशीले यो चुनाव स्थगित गरी आफ्नै नेतृत्वमा आइसीसीको चुनावसम्म लैजाने र अर्को दुई बर्ष तदर्थ समितिको रुपमा अगाडी बढाउनु राम्रो हुन्छ । यदि यसो गरिएन भने फेरी चुनाव २ मध्ये एक उम्मेदवारले लुट्छन । तदर्थ समिति मार्फत एनआरएन अमेरिका अघि बढाउँदा आगामी दुइ बर्षमा लुट्न उद्दत व्यक्तिहरु पाखा लागिसकेका हुन्छन ।

साच्चिकै एनआरएन अमेरिका सुद्दिकरण गर्ने हो भने लुटेराहरुलाई पाखा लगाउनु नै अति उपयोगी प्रयोग हुनेछ । क्षेत्रीय संयोजक जोशी, के ४ लाख नेपालीहरुको साझा संगठनका लागि यति साहस गर्न सक्नु हुन्छ? की स्वच्छ निर्बाचन गर्नु गराउनु होस्, की तदर्थ समिति बनाएर लुटेराहरुलाई पाखा लगाउनु होस ।

सीधाकुराको सीधा बुझाई र जोशीलाई सल्लाहा यहि हो ।

यसमा तपाईको मत