चुनावका दुई झगडिया उम्मेदवारहरुको उम्मेद्वारी निलम्बन गर्नु पर्ने

NRNUS

न्युह्याम्सर, अमेरिका मे १२ ।

एनआरएन अमेरिकाको आशन्न निर्बाचनमा अध्यक्ष पदका दुई उम्मेदवारहरु सुर्य लम्साल र सुनिल शाहको उम्मेद्वारी निलम्बन गर्नु पर्ने माग बढ्न थालेको छ । एकले अर्कोलाई गम्भीर आरोपहरु लगाउने र कतिपय आरोपहरु सत्य तथ्यमा आधारित भएकाले समेत दुवै उम्मेदवारहरुलाई निर्बाचन आयोगले अयोग्य घोषणा गरी अर्का उम्मेदवार संजय थापालाई निर्बिरोध निर्बाचित गर्नु पर्ने माग गर्न थालिएको छ ।

दुई उम्मेदवारहरु अयोग्य हुने आधारहरु

१) एनआरएन अमेरिकाको सन् २०१७ मा सम्पन्न निर्वाचनमा निष्पक्षता नरहेको भन्दै स्टेट अफ टेनेसीको एउटा अदालतमा रास्ट्रिय निर्बाचन आयोग बिरुद्दको मुद्दा कायम, जसमा बरिस्ठ उपाध्यक्ष सुनिल शाह समेतको संलग्नताको मौन आधार।

२) एनसीसी अध्यक्ष डा केशब पौडेल, क्षेत्रीय संयोजक गौरी राज जोशी, तत्कालिन निर्वाचन आयोग प्रमुख बंदिता शर्मा दाहाल सहित निर्वाचन आयोगका सबै सदस्यहरुलाइ विपक्षी बनाएको अर्को मुद्धा अझै पनि सोहि अदालतमा विचाराधीन ।

३) मुद्दामा विपक्षी दावी गरिएका वर्तमान निर्वाचन प्रमुख विश्व बराल निर्वाचन प्रमुख हुनुहुंदैन भन्दै रबिना थापा नारायण थापाद्वारा अर्को मुद्दा सोहि अदालतमा ।

४) स्टेट अफ टेनेसीका अटोर्नी जनरलको कार्यालयमा यहि मे ७ मा दर्ता गराइएको उजुरी । अटोर्नी जनरलको कार्यालयमा दर्ता गरिएको उजुरीमा अहिलेसम्म एनआरएन अमेरिकाको चुनावमा भए गरेका धाँदलीपूर्ण कार्यको फेहरिस्त रहेको आशंका (उम्मेदवार सुर्य लम्सालले गत महिना अध्यक्ष डाक्टर केशब पौडेललाई लेखेको र डाक्टर पौडेलले दिएको जबाफ समेत संलग्न रहेको आधार बताइएको) उक्त उजुरीमा एनआरएन अमेरिकालाई दीर्घकालीन रुपमा पर्ने असर, २ तिहाई भन्दा बढी किर्ते सदस्यता र निर्वाचनलाइ गलत प्रभाव पार्ने कुरो उल्लेख गरिएको बताइएको छ।

५) एनआरएन निर्बाचन २०१४, २०१५ र २०१७ को चुनावमा तत्कालिन निर्बाचन प्रमुख बिनोद रोका, बंदिता शर्मा दाहाल र बर्तमान निर्बाचन प्रमुख बिस्व बराल तथा तत्कालिन क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पा सालका समेतले आ-आफ्नो पदीय मर्यादा कायम नगर्दा जीबी कुँवर, गौरी राज जोशी लगायतले मुद्दा दायर गर्नु परेको तथ्यहरु ।

६) सदस्यता प्रमाणीकरण समितिका संयोजक राम कुमार सुबेदीले पदीय मर्यादा कायम नगरी द्वय उम्मेदवारहरु लम्साल र शाहको दबाबमा काम गरेर सदस्यता वितरण सहि ढंगले हुन नसक्दा किर्ते सदस्यहरुले सदस्यता लिएको आरोप समेतका आधारहरु ।

७) अनलाईन भोटिंग दुरुपयोग तथा भोटर लिस्टमा नाउ नभएकाहरुलाई समेत भोट गर्न दिएको आधारहरु ।

चालु निर्बाचनलाई गलत ढंगले प्रभावित पार्न शुरु देखिनै निर्बाचन प्रमुख बिस्व बराल जो बर्तमान अध्यक्ष डाक्टर पौडेलसंग अत्यन्त नजिक रहेर काम गरेको आधार, सदस्यता प्रमाणीकरण समितिका संयोजक राम कुमार सुबेदीले अध्यक्ष पदका उम्मेदवार सुनिल शाहको निर्देशनमा काम गरेको भन्ने अर्का उम्मेदवार लम्सालको आरोप तथा उम्मेदवार शाह माथि टेक्सासमा गत हप्ता दिनेश शर्मा नाउको व्यक्तिद्वारा गर्न गराउन उद्दत व्यक्तिसंग उम्मेदवार लम्सालको खानपिन, उठबस र संगै फोटो खिच्ने कार्यले निर्बाचनमा हुल हुज्जत र धाँदली गर्न गराउनमा दुवै उम्मेदवारले एकले अर्कोलाई आरोप लगाएको हुँदा दुवै उम्मेदवारहरुलाई निर्बाचन अपचलनको कार्यबाही अगाडी बधाई उनीहरुको उम्मेद्वारी निलम्बन गर्न समेत माग अघि बढेको छ ।

Sanjay

यो परिस्थितिमा अब बाँकी रहे एक मात्र उम्मेदवार संजय थापा । थापाको उम्मेद्वारीलाई यहि धरातलमा उभिएर निर्बिरोध गर्न समेत माग बढेको छ ।

बाँकी अन्य अन्य पदहरुको लागि मात्र चुनाव गर्नु पर्ने स्थिति तयार भएको छ तर भोली मे १३ बिहान टेनेसीको अदालतमा तोकिएको एउटा मुद्दाको सुनुवाई पछि निर्बाचन हुने वा नहुने कुराको स्पस्ट खाका आउदैछ ।

यसमा तपाईको मत