सुर्य साल लम्सालद्वारा टेनेसीमा मुद्दा दायर गरेको पुस्टि

56539224_132248397895440_5316164576000081920_n

न्युह्याम्सर, अगस्ट १६ ।

गत मे १८ र १९ मा सम्पन्न गैर आबासिय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद (अमेरिका) को निर्बाचनमा अनियमितता भएको जानकारी गराउंदै उक्त निर्बाचनका अध्यक्ष पदका उम्मेदवार सुर्य साल लम्सालले हिजो टेनेसी  डेभिडसन काउन्टीस्थित चान्सरी कोर्टमा मुद्दा दायर गरेको पुस्टि भएको छ ।

प्लेनटीफ (बादी) लम्सालले प्रतिवादी (डिफेनड्यान्ट) रास्ट्रीय समन्वय परिषद अमेरिका, तत्कालिन अध्यक्ष डाक्टर केशव पौडेल, बर्तमान अध्यक्ष सुनिल कुमार शाह र निर्बाचन आयुक्त बिस्व बराललाई बिपक्षी बनाई मुद्दा दायर गरेका छन ।

68520347_473402413240139_4059621139926745088_n

निर्बाचनमा अनियमितताको शुरुवात भएको, २ हजार ९३ मत अतिरिक्त देखिए पछि बिबाद शुरु भएको र उक्त बिबाद समाधान टेक्सासका केहि व्यक्तिहरुले मनोमानी ढंगले गरेको त्यतिबेलैदेखि चर्चामा आएको थियो । त्यो बिबादको उचित समाधान नभएको समेत बादी लम्सालले नजिकबाट निहालिरहेका र स्वीकार गरेका थिएनन ।

त्यो समस्याको आधिकारिक समाधान नै नगरी निर्बाचन गरियो र निर्बाचनमा अत्यधिक मतले शाहलाई जिताउन निबर्तमान अध्यक्ष डाक्टर पौडेल र निर्बाचन आयुक्त बरालले पदीय दुरुपयोग गरेको समेतलाई मध्ये नजर गरेर मुद्दा दायर गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

उक्त निर्बाचनमा लम्साल र अर्का उम्मेदवार संजय थापा अध्यक्ष पदका प्रत्यासीहरु थिए । बिबादास्पद २०९३ मत र निर्बाचन परिणामलाई उम्मेदवार थापाले तत्काल स्वीकार गरे पनि प्लेनटिफ लम्सालले अहिलेसम्म स्वीकार नगरेको बताईएको छ ।

यस सम्बन्धमा बिस्तृत जानकारी लिन लम्साललाई सम्पर्क गर्न खोज्दा हुन सकेन तर उनका निर्बाचन क्याम्पेन म्यानेजर सुजन खनालले भने टेनेसीमा मुद्दा दायर भएको पुस्टि गरे ।

यसैबीच परिषदका पूर्ब उपाध्यक्ष रबिना थापाले पनि अर्को मुद्दा दायर गरेको बताईएको छ तर त्यसको आधिकारिक पुस्टि हुन सकेन ।

यसमा तपाईको मत