ढुक्कसंग मतदान गरौँ, हाम्रा हैन राम्रा व्यक्ति छानौ

Hami Nepali

चुनावप्रचार सकिए पछि हाम्रा मान्छे छान्ने काम केहि राजनीतिक दल बिशेषबाट हिजो बेलुका राति जे भयो त्यसको पछि नकुद्न सारा एनआरएन एनसीसी अफ युएसएका मतदाताहरुलाई सिधा कुरा सिधा आग्रह गर्दछ । राजनीतिक अर्थमा त्यो कति उपयुक्त हो? दल बिशेषलाई नै छोडी दिउँ तर एनआरएन अमेरिका बिशुद्द सामाजिक संस्था भएको तर्फ सबैको ध्यान जगाउंदै व्यक्ति व्यक्तिलाई मतदान निर्धक्क रुपमा गरौँ ।

मतदान अमेरिकाको पूर्बी समय (इस्टर्न टाइम) अनुसार अहिले १० बजे शुरु हुँदैछ । कम्प्युटर अगाडी बसौं, समय निकालौं र मतदान गरौँ । सबै उम्मेदवारहरुको प्रतिबद्दता मत पत्रमै उल्लेख छ, त्यसलाई राम्ररी पढौं र बुझौं, अनि मात्र मतदान गरौँ । अर्काको मत दिने काम कसैबाट नहोस । भोली मत हालौंला भन्ने सोच होइन आजै हालौं र मतदानको परिणाम कुरेर बसौं । मतदानको परिणाम यहि जून १४ तारिखमा प्रकाशित हुनेछ ।

मतपत्रमा कूकूर, गाई, हलो, रुख, सुर्य र हसिया हथ्यौडा चिन्ह खोज्ने काम नगरौं । एनआरएनको मतपत्रमा त्यस्तो चिन्न कदापि भेटिन्न । त्यस्तो चिन्ह निधारमा भएको उम्मेदवार कोहि रहेछ भने पनि वहाहरुलाई मतपत्र मै छोडी दिउँ र त्यस्तो चिन्ह नभएकोलाई मतदान गरौँ । गैर राजनीतिक, गैर प्यानल र व्यक्तिगत रुपमा उम्मेदवार भएकाहरुलाई मत दिउँ ।

नेपाललाई माया गर्ने, प्रबर्धन गर्ने, लगानी गर्ने र देशको उन्नतिको मार्ग पहिल्याउनुका अतिरिक्त अमेरिकाको नेपाली समाजको बिकास र बिस्तारमा खट्न सक्ने व्यक्तिहरुलाई मत दिनु होला, जसले एनआरएन एनसीसी अफ युएसएलाई छाता संगठनको रुपमा स्थापित गर्न सघाउछ्न । नौ महिने कार्यकाल भित्र २०-२२ हजार सदस्य, २०-३० वटा च्याप्टर र सन २०१५ को निर्बाचन सम्पन्न गराउन सक्ने क्षमताबान उम्मेदवारहरुलाई मत दिई एनआरएन अमेरिकालाई संगठित पार्ने काममा नव निर्बाचित पदाधिकारी तथा सदस्यहरुले समय लगानी गर्ने भएकाले त्यस्ता व्यक्तिहरुलाई जिताउन मतदान होस ।

हाम्रालाई होइन राम्रालाई छानौ ।

यसमा तपाईको मत