जनसम्पर्क समितिको प्यानल बजारमा

GC-Panel

एनआरएन एनसीसी अफ युएसएको चुनावमा नेपाली कांग्रेसका समर्थकहरुको जनसम्पर्क समिति अमेरिकाका च्याप्टरहरुका पदाधिकारी तथा सदस्यहरुको अहिले राति १० बजे सम्पन्न गरेको बैठकले कांग्रेसी प्यानलको नाम तय गरेको छ ।

आइसीसी प्रतिनिधिहरु: सन्जिब सापकोटा, नबिन शेरचन र बिनोद शाह

अध्यक्ष: खगेन्द्र जिसी

बरिस्ठ उपाध्यक्ष: सानुबाबु सिलवाल

उपाध्यक्ष: शेषराज खतिवडा, मुकुन्द ढुंगाना

महासचिब: कृष्ण पोखरेल

सह-सचिब: दिल श्रेष्ठ

कोषाध्यक्ष: बेद बस्नेत

सह-कोसाध्यक्ष: सन्जीब श्रेष्ठ

जनसम्पर्क अधिकारी तथा प्रबक्ता: राम खरेल

मिडिया कोअर्डिनेटर: कृष्ण केसी

बोर्ड अफ डिरेक्टर: बिष्णुमान प्रधान, बैकुण्ठ खनाल, राधा पौडेल, लक्ष्मी बजगाईं, धर्म भट्टराई, सरोज श्रेष्ठ र सुक्रराज घिमिरे

राति पौने १० बजे शुरु भएको कन्फरेन्स कल बैठकले अध्यक्षको पदका जिसीको ब्यापक आलोचना गरेको थियो तर उनको बिकल्प दिन सकेन र उनलाई मान्न बाध्य भएका थिए । बरिस्ठ उपाध्यक्ष पदका लोक तिवारीलाई च्यापेको आरोप समेत लगाए भने जनसम्पर्कका साथीहरुलाई बेवास्ता गरेको, समय नदिएको र फोन समेत नगरेको भन्दै आलोचना गरेका थिए ।

बैठकमा शुरुमै कांग्रेस प्यानलको नाम सार्बजनिक गर्ने ओम भट्टराईको ज्यादा हालीमुहाली थियो, प्रत्यासीहरु सिलवाल र पोखरेल उपस्थित थिए भने अन्य उपस्थितमा प्रमोद सिटौला, डा. केशव पौडेल, यादब दुलाल, चित्रा दिदि लगाएत थुप्रैको उपस्थिति थियो । मिडिया कोअर्डिनेटर पदका प्रत्यासी केसीको पक्षमा भट्टराई र चित्रा दिदिको प्रस्ताब र समर्थन रह्यो ।

यसमा तपाईको मत