रास्ट्रिय निर्बाचन आयोग प्रश्नै प्रश्नको घेराउमा

10150824_10152101875672001_1412675124_n

एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगलाई यतिखेर निर्बाचन कसरी सम्पन्न गर्ने भन्ने महाभारत भैरहेका बेला दुनियाभरका प्रश्नै प्रश्नले घेराउ गरिरहेको छ । दुनियाको यो टंटाको तारो किन बन्न आइएछ? भन्ने पनि लाग्दो हो प्रमुख निर्बाचन आयुक्तलाई । प्रमुख निर्बाचन आयुक्तलाई यो टंटामा फसाउने मान्छे अहिले ताली पड्काईरहेको होला ।

आज एकजना न्युयोर्कका पत्रकारले अर्को एउटा टंटा थपे निर्बाचन प्रमुखलाई । बिस्व न्युज/विश्व संदेशका सम्पादक विजय पौडेल । पत्रकार पौडेलले सिधा प्रश्न सोधेका छन -सामान्य तथा संबेदनशिल समस्या? त्यो संबेदनशिलको बारेमा उनले उठाएको कुरा हो गोप्यता । मतदान जहिले पनि गोप्य हुनुपर्छ । अहिले रास्ट्रिय निर्बाचन आयोगमा इमेल नभएका वा इमेल नपठाईएका मतदाताहरुलाई मेलिङ्ग ब्यालट प्रिन्ट गरेर, नाउ थर ठेगाना उल्लेख गरेर आफुले इक्षाएको उम्मेदवारलाई भोट दिएर मेल गरी पठाउदा गोप्यता नरहने र त्यसले इख वा इर्श्या जन्माउने मात्र होइन नेपाली-नेपाली मतदाता वा उम्मेदवारबीच झैँ झगडा निम्त्याउने हुँदा मतदान गोप्य हुनुपर्ने पत्रकार पौडेलको जिकिर छ । यस बिसयमा पत्रकार पौडेललाई समाधानको उपाय सुझाउन प्रश्न गरियो । पत्रकारले सुझाए त्यसको ब्यबस्थापनका उपाय रास्ट्रिय निर्बाचन आयोगले निकाल्नु पर्छ । उनको जिब्रोको टोन बुझिन्थ्यो -यदि गोप्यता भंग हुन्छ भने मेलिङ्ग ब्यालट सिस्टम खारेज गर्नुपर्छ । यहि प्रश्न सिधा कुरा प्रमुख रास्ट्रिय निर्बाचन आयुक्ततिर सोझ्याई दिन्छ र जोड दिन्छ उत्तर के त?

यसैगरी न्युयोर्कबाटै उपाध्यक्ष पदमा उम्मेदवार रहेका तथा मतदाता श्री पराजुलीले निर्बाचनको मूल मर्म गोप्य मतदानबारे प्रमुख रास्ट्रिय निर्बाचन आयुक्तको ध्यानाकर्षण गराउदै भन्नु भएको छ:

NRN election commissioner
USA

Regarding the paper ballot paper in motorize form if the voter must disclose his name how it can be secret voting ?
The voting should be secret.
If it is disclose which voter caste the the vote to which candidate will be serious problem .
Request to clear this issue
Thank you
Shree parajuli
Nrn voter and candidate

त्यसैगरी न्युमेक्सिकोबाट बरिस्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका र अध्यक्षका प्रत्यासी खगेन्द्र जिसीलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएका डा. केशव पौडेल भन्नु भएको छ: Election voting should be secret ।

इमेल नभएका वा आयोगबाट इमेल नपठाइएका मतदाताहरुलाई निर्बाचनबाट बन्चित नगर्न र गोप्य मतदान कायम राखी उनीहरुको सुचना लिक नहुने बाताबरणको लागि के उपाय छ? प्रमुख निर्बाचन आयुक्तले तत्काल मुख खोल्नु पर्छ ।

ढिला सुस्ती गरेर जबाफहिनता प्रकट गर्नु र जबाफ नदिएर लंठ्याउनु एकै कुरा हो । यस्तो टंटा मतदाताले कति दिन बेहोरिरहने?

मतदान शुरु हुनु अगावै आज बिहान केहि उम्मेदवारहरु भन्दै थिए -निर्बाचन आयोगले ४ लाइनमा नबढाई आफ्नो उम्मेदवारीको बारेमा उल्लेख गर्न दिएको मन्तब्यलाई ४ जना उम्मेदवारहरुले रामायण, महाभारत, गीता र चण्डी जति लामा विवरण निर्बाचन आयोगमा पठाउदा जस्ताको तस्तै छापिनुमा पनि कतै केहि गन्ध थियो की?

प्रमुख निर्बाचन आयुक्तलाई यी प्रश्नै प्रश्नले घेरेको त छ, जबाफ सक्दो छिटो आए भोलीदेखि अर्को प्रश्न सोध्न उम्मेदवार र मतदाताहरुलाई सहज हुने कुरामा सिधा कुरा पनि जोड दिन चाहान्छ ।

यसमा तपाईको मत