उपाध्यक्ष पदका उम्मेदवार खतिवडाको आपत्ती

shes

मेरा मतदाता तथा प्रबासी मित्रहरु नमस्कार,

जून ३, २०१४ राति ११ बजे पछि बिभिन्न प्रकारले मेरो सहमति बिना नै कइले कता कहिले कता मेरो नाम जोडेर कइले कुन लिष्ट बनाउने कइले कुन लिस्टबाट मेरो नाम निकालेर प्रचार गरिदिने र मेरा मतदाता तथा समर्थक र सहयोगी समूहलाई नै भ्रम पर्ने गरी निकालियेका लिस्ट र बिज्ञप्तिप्रति मेरो ध्यान आकर्षण भएको छ र आपत्ति पनि रहेकोछ । मलाई कहिले कुन दलले कहिले कुन दलले हल्लाउने काम नगर्न र एस्ता निम्नस्तरका खेलले मेरो चुनाबमा प्रभाव पार्न सक्ने भएकाले तुरुन्त बन्द गर्न अनुरोध छ । तेसैले आफ्नो आफ्नो भोट हाल्ने अधिकार हजुरहरु सबैमा छ, स्वतन्त्रता पनि छ ।

गैर राजनीतिक सस्था एनआरएनमा कुनै कसै को पुच्छर भएर उमेदवार नभएको र आफ्नो पदको जिम्मेवारी र मतदाताको चाहनाको उच्च मूल्याङ्कन म मा सामर्थ्य रहेको हुँदा गैर राजनीतिक सस्था एन आर एन अमेरिकाको हूँ । लागेको चुनाव मा कुनै सिंगो प्यानल लिस्टमा म नभएको जानकारी गराउदै अब आईंदा मेरो गरिमामा आच आउने खालका कुनै पनि खाल्का क्रियाकलाप तथा खेलबाड़ हुन गई मेरो चुनावमा प्रभाब परेको पाएमा तुरुन्तै सप्रमाण क़ानूनी उपचारमा लाग्ने समेत अनुरोध गर्न चाहन्छु ।

मतदाताहरुले ढुक्कसंग आ-आफ्नो स्वबिबेकको प्रयोग जोकसैलाई मतदान गर्न हुन तमाम मतदातालाइ सादर अनुरोध छ ।

शेषराज खतिवडा
उपाध्यक्ष पदका उम्मेदवार
एनआरएन एनसीसी अफ युएसए

यसमा तपाईको मत