महासचिबका उम्मेदवारद्वारा निर्बाचन आयोगको ध्यानाकर्षण

bho

एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनका महासचिब पदका उम्मेदवार आयोआका ब्यबसायी पुरुषोत्तम बोहोराले फेसबुक बिज्ञप्ति जारी गर्दै चुनावमा कसैको पक्षमा जबर्जस्ति भोट खसाल्न लगाउने अभिप्रायले १२ जना युवाहरुको नाउमा मतदाता सहजीकरण केन्द्र न्युयोर्कका रेस्टुरेन्ट नै पिच्छे खोलेर निर्बाचन आचार संहिता उल्लङ्घन भएको देखिन वा सुनिन आएको बताउदै यस प्रकारको कार्यबाट स्वतन्त्र र निस्पक्ष निर्बाचन नहुने संकेत मिलेको बताएका छन ।

महासचिबका प्रत्यासी बोहोराले भनेका छन -समाज सेवा र बिशुद्ध सामाजिक अभियानको पवित्र उद्देश्यबाट अभिप्रेरित भइ आजदेखि सम्पन्न हुन लागिरहेको यस संस्थाको निर्वाचनको क्रममा न्युयोर्क र आसपासका राज्यहरुमा मतदाताहरूलाई प्रभाबित पार्ने र जसरि पनि सस्थाको नेत्रित्व हत्याउने अभिप्रायले केही उम्मेद्वारहरू र उहाहरुकै निर्देशनमा ठाउँ ठाउँमा निर्वाचन आयोगको आचार सम्हिता बिपरित मतदान केन्द्र स्थापना गरि सामुहिक मतदान गर्ने र गराउने कार्य भएको भन्ने सुन्नमा आएकोले मेरो ध्यान गम्भीर रुपमा आक्रिष्ट भएको छ ।

हेर्नुहोस बोहोराको फेसबुक बिज्ञप्ति:

ध्यान आकर्षण गरिएको बारे

अध्यक्ष ज्यु
निर्वाचन आयोग
एनआरएन एनसीसी अफ युएसए

समाज सेवा र बिशुद्ध सामाजिक अभियानको पवित्र उद्देश्यबाट अभिप्रेरित भइ आजदेखि सम्पन्न हुन लागिरहेको यस संस्थाको निर्वाचनको क्रममा न्युयोर्क र आसपासका राज्यहरुमा मतदाताहरूलाई प्रभाबित पार्ने र जसरि पनि सस्थाको नेत्रित्व हत्याउने अभिप्रायले केही उम्मेद्वारहरू र उहाहरुकै निर्देशनमा ठाउँ ठाउँमा निर्वाचन आयोगको आचार सम्हिता बिपरित मतदान केन्द्र स्थापना गरि सामुहिक मतदान गर्ने र गराउने कार्य भएको भन्ने सुन्नमा आएकोले मेरो ध्यान गम्भीर रुपमा आक्रिष्ट भएको छ । यदि यस्तो कार्य भएको र गराइएको हो भने जो सुकैले जुन सुकै अभिप्रायले गरेको भए पनि तुरुन्त रोक्न र रोकाउन म निर्वाचन आयोगलाई हार्दिक अनुरोध गर्दछू ।

संस्थालाई एकता बद्ध बनाई राख्ने हाम्रो आकांक्षालाई यहाँहरू सबैले सहयोग र साथ दिनु हुनेछ भन्ने बिस्वासका साथ निडर र निर्भिक भएर मतदान गर्न हुन समेत हार्दिक् अनुरोध् गर्दछू ।

पुरुषोत्तम बोहरा
महासचिब पदको उम्मेद्वार
एनआरएन एनसीसी अफ युएसए

यसमा तपाईको मत