निर्बाचन आचार संहिताले छुने नछुने?

photo

एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयुक्तको कार्यालयले जारी गरेको आचार संहिता (कोड अफ कंडक्ट) ढिलो गरी प्रकाशमा आउनुका प्रति उम्मेदवारहरुको ध्यानाकर्षण भएको धेरैले जनाएका छन । 

हिजो मे ५ देखि लागु हुनेगरी कोड अफ कंडक्ट आउनु ढिलासुस्ती नै हो, यो बास्तबमा मे ४ देखिनै लागु गर्नु पर्ने कतिपय उम्मेदवारहरुले जनाएका छन ।

उनीहरु भन्छन मे ४ देखि लागु नगर्नुको कारण एक जना अध्यक्षका उम्मेदवार, एक जना बरिस्ठ उपाध्यक्षका उम्मेदवार र एक जना महासचिबका उम्मेदवारलाई उन्मुक्ति दिन यसो गरिएको हुन सक्छ ।

मे ४ का दिन अध्यक्षका प्रत्यासी खगेन्द्र जिसी र महासचिबका प्रत्यासी कृष्ण पोखरेल नेपाली कांग्रेस पार्टीको झण्डामुनि बसेर पार्टीको भात्री संगठनको कार्यक्रममा उपस्थित भए भने त्यहि कार्यक्रममा उनले बरिस्ठ उपाध्यक्षका उम्मेदवार लोक तिवारीलाई अनुमोदन गराएका थिए ।

सिधा कुरा रास्ट्रिय निर्बाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छ -कोड अफ कंडक्ट मे ४ बाटै लागु गरियोस ।

यसमा तपाईको मत