पिक आवरको राम्ररी सदुपयोग गरौँ

Hami Nepali

चुनावको नतिजाले छिन छिनमा बाटो बदलिरहेको सहि हो । बिहान, दिउसो, बेलुका हरपल समय क्रुसिएल हुँदै गएको छ । अस्ति न्युयोर्कका नेपाली प्राय धेरैले भोट हाले । हिजो म्यासाचुसेट्स र न्युह्याम्सरका झन्डै सबैले सिध्याए । अहिले साँझसम्म न्युयोर्क, क्यालिफोर्निया, न्युह्याम्सर, म्यासाचुसेट्स, भर्जिनिया, कनेक्टिकट, टेक्सास, न्युजर्सी, नर्थ क्यारोलाइना, मेरिल्याण्ड, फ्लोरिडा, जर्जिया, एलेनोइ, कोलोराडो, मिसिगन, एरिजोना र अलाबामा राज्यहरुमा भएका धेरै मतदाताहरुबाट भोट खसाल्ने काम धमाधम भैरहेको छ भने वाशिंगटन डिसी, डेलावर, हवाई, इन्डियाना, क्यान्सस, मेन, मिनिसोडा, मिजोरी, नेब्रास्का, न्युमेक्सिको, नेभाडा, ओहायो, टेनेसी, यूटा, वासिंगटन, ओरेगन, साउथ क्यारोलाइना, अर्कन्सस, साउथ डकोटा, पेन्सिलभेनिया, योमिंग आदि राज्यका नेपालीहरुले भोट खसाली सकेको हुनुपर्छ ।
यदि कसैले भोट नखसाल्नु भएको भए राम्रा उम्मेदवार मध्ये राम्रालाई छनौट गरेर भोट खसाल्नु होला । यो पिक आवर हो, क्रुसिएल टाइम हो । अहिले राति नौ बजेदेखि भोलि बेलुका राति अबेरसम्म धेरै मतदाताहरुलाई फुर्सद हुने भएकाले पक्कै एक मिनेटमा हालिने भोटमा कन्जुस हुनेछैन । भोट कसलाई हालौं भन्ने लाग्छ भने बिबेक प्रयोग गरौँ र ५० जनाको फोटो हेरेर मन लाग्नेलाई हाल्नु होला । करकाप छैन भने रोजी रोजी हाल्नु होला तर भोट हाल्नु होला । बिशेष गरी अध्यक्ष, बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष र जनसम्पर्क अधिकारी तथा प्रबक्ता पद सक्षम, योग्य, जिम्मेवार तथा समय र श्रोत लगानीका हिसाबले महत्वपूर्ण भएकाले राम्रा उम्मेदवारलाई चुन्न सकौं, जसले ९ महिनाको कार्यकालमा धेरै उपलब्धि हासिल गर्न गराउन सक्षम होला ।
तपाई मतदाताहरुले जहा भए पनि आइफोन, आइप्याड, ल्यापटप वा डेस्कटप कम्प्युटर जे उपलब्ध छ त्यो प्रयोग गरेर सकेसम्म छिटै मतदान गर्नुहोला । अबको २४ घण्टा भित्र खस्ने मत निर्णायक हुनेछ ।

यसमा तपाईको मत