आदिबासी जनजाति महासंघद्वारा स्पस्टोक्ती

Fipna

नेपाल आदिबासी जनजाती महासंघ अमेरिका(फ़िप्ना) का अध्यक्ष लुइसाङ्ग वाइबा तामाङ्ग र महासचिब मान बहादुर रानामगरले आज एक बिज्ञप्ति प्रकाशित गरी एनआरएन एनसीसी अफ युएसएको अहिले भैरहेको मतदानका लागि कुनै प्यानल नबनाएको स्पस्टोक्ती सहितको प्रेस बिज्ञप्ति जारी गरेका छन र भनेका छन -“हाम्रो” भन्दा पनि सम्पूर्ण प्रवासीहरुको हितमा काम गर्ने “राम्रो” उमेर्द्वार लाई स्वबिबेकले स्वतन्त्र पुर्बक मत दिनु हुनेछ भन्ने बिश्वास लिएका छौं ।
हेर्नुहोस तामाङ्ग र रानामगरको बिज्ञप्ति:

जुन ४ देखि १२ सम्म एन. आर. एन. -अमेरिका (NRN-NCC, USA) को आसन्न निर्वाचन हुन गई रहेको छ | यतिबेला निर्वाचन प्रकियाको प्रारम्भमा एन. आर. एन. -अमेरिका (NRN-NCC, USA) को मतदाता नामावलीमा रहनु हुने सम्पूर्ण प्रवासी नपाली (गैर आवासीय नपाली) दाजु भाई तथा दिदि बहिनीहरुमा तपाईहरुको अमुल्य मत (भोट) “हाम्रो” भन्दा पनि सम्पूर्ण प्रवासीहरुको हितमा काम गर्ने “राम्रो” उमेर्द्वार लाई स्वबिबेकले स्वतन्त्र पुर्बक दिनु हुनेछ भन्ने बिश्वास नेपाल आदिवासी जनजाति महासंघले लिएको छ |
निर्वाचनको प्रकिया सुरु भए पश्चात नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले उमेर्द्वारहरुको प्यानल बनाएको भन्ने समाचार प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ | यसै प्रेस-बिज्ञप्ति मार्फत महासंघको कुनै पनि प्यानल नभएको सम्पूर्ण एन. आर. एन. हरुलाई जानकारी गराउदै एन. आर. एन अमेरिका (NRN-NCC, USA) लाई अमेरिकामा बसोबास गर्ने बिशुध्द प्रवासी नेपालीहरुको गैर राजनीतिक र नाफा रहित साझा सामाजिक सस्थाको रुपमा बिकास गर्नु तपाई हामी सम्पूर्ण मतदाताहरुको बिशेष भूमिका रहने भएकोले, जुन ४ देखि हुन गई रहेको आसन्न निर्वाचनमा कुनै राजनीतिक बिचार, जाति र बर्गको आधारमा नभई सम्पूर्ण एन. आर. एन (NRN) हरुलाई समेटेर संस्थागत बिकासको लागि काम गर्न सक्ने सक्षम उमेर्द्वारलाई भोट दिनु हुन हामी अमेरिका बासी सम्पूर्ण एन. आर. एन हरुलाई हार्दिक आव्हान गर्दछौ |
निर्वाचन सुरु भए पश्चात पछिल्लो समय बिभिन्न सामाजिक संजाल मार्फत उमेर्द्वारहरुको ब्याक्तिगत छबि र मान हानि हुने खालको टिक्का टिप्पणीहरु सार्बजनिक हुन थालेकोले निर्वाचनलाई मध्यनजर गर्दै कसैको पनि व्यक्तिगत कुराहरु सार्बजनिक नगर्नु हुन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका सबैमा आग्रह गर्दछ |
निर्वाचन समापन पछि पेपर मत गणना तथा ईलेक्ट्रोनिक्स मत प्रमाणीकरण गर्दा कम्तिमा प्रमुख पदको उमेर्द्वारहरुको एक एक जना पर्यवेक्षक प्रतिनिधि र बाँकी उमेर्द्वारहरुको सहमतिमा केहि पर्यवेक्षक प्रतिनिधि या सम्पूर्ण उमेर्द्वारहरुको सहमतिमा कम्तिमा ५ देखि १० जना सम्मको पर्यवेक्षक प्रतिनिधिहरुको उपस्थितिमा मात्र मत गणना (पेपर तथा ईलेक्ट्रोनिक्स) र निर्वाचन परिणाम सार्बजनिक गर्नु हुनेछ भन्ने बिषयमा एन.आर.एन अमेरिका निर्वाचन आयोगको संयोजक/ आयुक्त श्री बिनोद रोकाज्यू र निर्वाचन समितिको बिशेष ध्यानाकर्षण गराउदछौ |
बिबिन्न कारणले केहि मतदाताहरुको इमेल सिम्प्ली भोटिंगमा दर्ता भएकोमा स्पेलिंग फरक परेकोले सच्याईएको इमेल सिम्प्ली भोटिंग लाई पठाई सके पछि पु:न सिम्प्ली भोटिंगले आईडी र पासवर्ड पठाउन समय लाग्ने भएकोले सम्पूर्ण मतदाताहरुको मताधिकार सुनिस्चित गर्न मतदान समयावधि जुन १२ सम्म बढाईएको प्रेस-बिज्ञप्ति निर्वाचन आयुक्त बाट प्राप्त भएकोले सम्पूर्ण मतदाताहरुलाई जुन १२ सम्म मतदान गरि आफ्नो मताधिकार प्रयोग गर्नु हुन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका हार्दिक आव्हान गर्दछ |
अन्त्यमा, एन आर एन-एन सी सी अफ अमेरिकाको ईतिहासमा पहिलो चोटी हुन गईरहेको यो निर्वाचन अत्यन्तै स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भै सम्पूर्ण एन आर एन हरुको हितमा काम गर्ने सक्षम नेतृत्व र टिमको निर्वाचित गर्न सफल होस् , आदिवासी जनजाति महासंघको शुभकामना !!

यसमा तपाईको मत