निर्बाचन प्रक्रियाले बाटो छोड्यो बहुसंख्यक उम्मेदवारहरु बुथको बिपक्षमा

10463012_10152107713987001_6834539414349428071_n

एनआरएन एनसिसी अफ युएसए, राष्ट्र्यि निर्वाचन आयोगको हिजो साँझ जारी सुचना अनुसार ईमेलबाट मतदान गर्न पाऊने समय जुन १२ को स्थानीय समय अनुसार १२ बजेसम्म बढाईएको र हुलाकबाट मतदान गर्न पाऊने मतदाताहरुले पठाएको मतपत्र जुन १३ का दिन कार्यालय समयभित्र निर्वाचन प्रमुखको कार्यालयमा वितरण भएमा म्यादभित्रै प्राप्त भएको मानी मत गणनामा सामेल गरिने छ भन्नेसम्मका सुचनामा अधिकाम्स उम्मेदवारहरु राजी हुँदा हुँदै फेरी अपर्झट न्युयोर्क र बाल्टिमोरमा बुथ राख्ने भन्ने आयोगको सुचनाले भ्रममा पार्नुको अतिरिक्त निर्बाचन प्रक्रिया छिन छिनमा परिबर्तन गर्न को सक्रिय भैरहेको छ भन्ने जनाउदै अधिकाम्स उम्मेदवारहरुले निर्बाचनको प्रक्रियामा बुथको ब्यबस्था बारे पूर्ब जानकारी नदिई गर्न लागेको र यो कसैको निर्देशनमा भैरहेको जस्तो देखिएकोले तत्काल बुथ स्थापना सम्बन्धि कार्य रोक्न माग गर्दै बहुसंख्यक एनआरएन एनसीसी अफ युएसएको निर्बाचनका उम्मेदवारहरुले सिधाकुरालाई जानकारी गराएका छन ।

बुथ रोक्न माग गर्नेहरु:

बिष्णु देउराली -अध्यक्षका उम्मेदवार
शिव कुमार राई -अध्यक्षका उम्मेदवार
घनप्रसाद दवाडी-बरिस्ठ उपाध्यक्षका उम्मेदवार
सानुबाबु सिलवाल -बरिस्ठ उपाध्यक्षका उम्मेदवार
श्री पराजुली: उपाध्यक्षका उम्मेदवार
शेषराज खतिवडा: उपाध्यक्षका उम्मेदवार
प्रेम गुरागाईं-महासचिबका उम्मेदवार
पुरुषोत्तम बोहोरा-महासचिबका उम्मेदवार
सतेन्द्र शाह -सहसचिबका उम्मेदवार
उपेन्द्रराज भट्ट -सहसचिबका उम्मेदवार
नारायण क्षेत्री -सहसचिबका उम्मेदवार
गोकर्ण दाहाल -कोषाध्यक्षका उम्मेदवार
बेदराज बस्नेत -कोषाध्यक्षका उम्मेदवार
प्रकाश सापकोटा -सहकोषाध्यक्षका उम्मेदवार
रामप्रसाद खरेल -जनसम्पर्क अधिकारी तथा प्रबक्ताका उम्मेदवार
नारायण बहादुर गुरुङ -जनसम्पर्क अधिकारी तथा प्रबक्ताका उम्मेदवार
बलराम थापा -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
बिमल ज्ञवाली -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
राधा पौडेल -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
युबराज खनाल -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
देवी प्रसाद पाण्डे -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
बेद निधि दाहाल -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
धर्म भट्टराइ -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
बिष्णुमान प्रधान -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
चेत भट्टराई -बोर्ड अफ डाइरेक्टर/अफिसर पदका उम्मेदवार
राजा घले -आइसीसी प्रतिनिधिका उम्मेदवार
बाला घिमिरे -आइसीसी प्रतिनिधिका उम्मेदवार

यसैबीच उपाध्यक्ष पदका उम्मेदवार शेषराज खतिवडाले एक छुट्टै बिज्ञप्ति प्रकाशित गरि बुथ राख्ने आयोगको यो रवैया प्रति घोर आपत्ति जनाउदै बुथ राख्ने काम रोकेर पहिलेकै समयमा निर्वाचन गराउन अनुरोध गरका छन । खतिवडाको बिज्ञप्ति:

आदरणीय प्रमुख निर्बाचन आयुक्तज्यू
निर्बाचन कार्यालयका प्रमुखज्यु लगाएत एनआरएन एनसीसी अफ युएसएका सबैको धेरै लामो समय देखि प्रतिक्षारत निर्वाचनमा यहाँहरूले गर्दै आउनु भएको कार्य प्रति सर्बप्रथम आभार ब्यक्त गर्दछु । निर्बाचन भनि सके पछि यस्का आफ्नै बिशिष्ट महत्व र चासो हुनु,राख्नु स्वभाभिकै हो । यस निर्बाचन प्रक्रियामा भाग लिने हामि सबैले यस्का प्रक्रियामा ध्यान दिनु जरुरी छ । यसलाई प्रजातान्त्रिक बिधिबाट पूरा गर्ने जिम्मा निर्बाचन आयोगको हो । हामि उमेद्वारहरुले सहयोग गर्नु पर्दछ । तर हामिहरुलाई सल्लाह त परै जावस जानकारी समेत नदिई निर्वाचन आयोगले स्वेच्छाचारी ढंगले कुनै निश्चित ठाउँमा मात्र बुथ राख्ने र म्याद बढाउने कार्यशैलि र रवैयाको म घोर बिरोध गर्दछु । म एउटा उम्मेद्वारको हैसियतले निर्वाचन आयोगको यो रवैया प्रति घोर आपत्ति जनाउदै बुथ राख्ने काम रोकेर पहिलेकै समयमा निर्वाचन गराउन आयोग समक्ष हार्दिक अनुरोध गर्दछु । अन्यथा कानुनी उपचारको लागि अगाडी बढ्ने समेत बिनम्र जानकारी गराउदछु ।

शेषराज खतिवडा
उपाध्यक्षका उम्मेदवार
एनआरएन एनसिसी अफ युएसए

यसमा तपाईको मत