दहि चिउरेहरुको चालाले चुनाव हराउने भो

10246615_1411397479137702_2446148904820163182_n

एनआरएन एनसीसी युएसएको आसन्न निर्बाचनका उपाध्यक्ष पदका उम्मेदवार क्यालिफोर्नियाका मुकुन्द ढुंगानाको दहि चिउरे चालाले उनलाई मात्रै होइन कतिलाई चुनाव हराउने हो अहिलेदेखि अनुमान हुन थालेको छ । क्यालिफोर्नियामा अधिबेशन सकेपछि एनआरएन भित्र एउटा अदृश्य शक्तिको भरमा बोर्ड अफ डिरेक्टरमा घुसेका ढुंगानाले बोर्डका हरेक बैठकमा ति शक्तिको पूजा गर्ने सिबाय केहि काम गरेनन । त्यहि शक्ति पूजालाई श्रोत बनाएर उनी अहिले चुनावको उपाध्यक्ष पदमा उम्मेदवार हुन आइपुगेका छन । त्यो उम्मेद्वारी पनि त्यहि अदृस्य शक्तिले उनीहरुको बैठकमा प्रस्ताब गरेका कारण हो भनेर सिधा कुराले झन्डै एक महिना अघि नै उल्लेख गरी सकेको थियो ।

दहि चिउरेहरुको भूमिका जता मल्खु उतै ढल्कु बन्ने सिबाय केहि हुन्न । अध्यक्षका उम्मेदवार सिबकुमार राईका तिर पनि ठिक्क अनि खगेन्द्र जिसीका तिर पनि ठिक्क भन्दा उनी दुखि पक्कै हुन्छन तर उनको दहि चिउरे पाराले जता सुकै हानी मात्रै गराउने भो । न राईको तिर बल पुग्ने भो, न जिसीका तिर शक्ति संचय हुने भो । एक ठाउमा खुट्टा टेके पो एक ठाउ दह्रो हुन्छ त ।

दाजु ढुंगाना अध्यक्षका प्रत्यासी खगेन्द्र जिसी जस्ता आजिबन सदस्यहरुको एएनएमा अन्तरिम अध्यक्ष छेवांग शेर्पालामासंग तिन बर्षदेखि अस्तित्वको लडाई लडीरहेछन, भाई ढुंगाना तिनै शेर्पालामाको ३२ औ एएनए सम्मेलनका साहित्यिक गोष्ठी आयोजक समितिका संयोजक गोबिन्द सिंह रावतसंग अँगालो मारिरहेछन । दहि चिउरे पाराको यो पराकाष्ठा होइन र?

यो पराकास्ठाले उपाध्यक्षका प्रत्यासी मुकुन्द ढुंगानालाई त एनआरएन चुनावमा हराउने भयो भयो अध्यक्षका प्रत्यासी जिसीलाई समेत नराम्रो धक्का दिंदैन भन्ने के ग्यारेन्टी?

यसमा तपाईको मत