बुथका बारेमा भ्रममा नपर्न आग्रह -डिआरसी लामा

sonam

एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगले हिजो साँझ जारी गरेको बिज्ञप्ति अनुसार न्युयोर्क र मेरिल्याण्डमा बुथ राख्ने र सबै मतदाताहरुलाई मतदानको अवसर पुर्याउन गरिएको निर्णयमाथि धेरै उम्मेदवारहरुले राख्नु भएको जिज्ञासा र बिरोधलाई आफुले स्वीकार्दै यसप्रकारको कार्यमा सहयोग गर्न, बिबाद नबढाउन र अतिरन्जित प्रचार नगर्न उम्मेदवार, मतदाताहरु र मिडियालाई गैर आबासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका क्षेत्रीय उप-संयोजक (डिआरसी) सोनाम लामाले आग्रह गर्नु भएको छ ।

चुनावको प्रमुख अंग भनेका मतदाताहरु हुन, उनीहरुलाई बाहिर राखेर निर्बाचन सम्पन्न हुन सक्दैन । धेरै संख्याका मतदाताहरुले चुनावमा मत खसाल्न पाउनु पर्ने गुनासो आफुसंग राखेको र आफु यो निर्बाचनका लागि एनआरएनएन आइसीसीले दिएको म्यान्डेट अनुसार लागी परिरहेको बताउदै बुथको व्यवस्थाबाट सकेसम्म बढी मतदाताहरुको माग सम्बोधन गर्न सकियोस भन्ने उद्देस्यले मेरो आफ्नै पहलमा बुथ राख्ने सुझाव निर्बाचन आयोगले कार्यान्वयन गर्न लागेको मात्र हो -डिआरसी लामाले सिधाकुरासंग अहिले बिहान बताएका हुन ।

बुथ राख्ने सम्बन्धि बिसयमा प्रमुख निर्बाचन आयुक्तले के गर्ने भन्ने सुझाव मसंग नै माग्नु भएको थियो । बुथ क्यालिफोर्निया र मेरिल्याण्डमा समेत राख्ने प्रस्ताब मैले नै गरेको हुँ तर निर्बाचन आयोगका सदस्य कन्हैया कायस्थले क्यालिफोर्निया राज्य धेरै फैलिएको कारण मतदाताहरुलाई बुथ मार्फत सहयोग गर्न असम्भव भएको र आफ्नै स्वास्थको कारणले त्यहा बुथ राख्न नसकिएको बताउनु भएकाले क्यालिफोर्नियामा बुथ राख्न नसकिएको लामाले बताउदै मेरिल्याण्डमा आयोगका सदस्य माधवी बस्नेतको सहयोगमा बुथ रहने डिआरसी लामाले जानकारी गराएका छन । कुनै उम्मेदवारको तर्फबाट बुथ रहने होइन भने त्यसको ब्यबस्थापन निर्बाचन आयोग र मेरो प्रत्यक्ष निगरानीमा हुने हुनाले कसैले शंका नगर्न मेरो अनुरोध छ -डिआरसी लामाले भनेका छन ।

३ हजार ९ सय अठासी मतदाताहरु भन्दा बढीले मत खसाले त्यसको जिम्मेवार आफु हुने बताउदै त्यस्तो अबस्थामा आफुले निर्बाचन आयोगलाई समेत नछोड्ने डिआरसी लामाले बताएका छन । मतदाताहरु सकेसम्म धेरैलाई समेटेर प्रजातान्त्रिक चुनाव गर्न आफु लागि परेको बताउदै चुनावका उम्मेदवारहरु बुथको वरिपरि नझुम्मिन र बुथलाई बिबादमा नपारिदिनु हुन मेरो अनुरोध छ -लामाले भनेका छन ।

बहुसंख्यक उम्मेदवारहरुले गए राति दिएको बुथ राख्नु नहुने सम्बन्धि बिज्ञप्तिका बारेमा के कुरा सुन्न चाहानु हुन्न त? भनेर सिधाकुराले सिधा प्रश्न सोध्दा डिआरसी लामाले भने -क्यान्डीडेटहरुको राइट भन्दा अहिले भोटरहरुको राइट ठुलो भएकाले उनिहरुलाई अहिले प्रार्थमिकता दिनु पर्छ । उनीहरु नै नभए चुनाव कसरी सम्भव छ भन्ने प्रश्न उठाउदै लामाले भने ५-६ घन्टाको लागी बुथ राखेर समस्या समाधान हुन्छ भने यसको नकारात्मक टिप्पणी सुन्ने काम हुँदैन । सबै उम्मेदवारहरु, मतादाताहरु र निर्बाचन आयोग यो बिसयमा स्पस्ट हुनु पर्छ । यो कसैलाई हराउन र जिताउन राखिएको होइन, यो त मतदाताको अधिकार सुनिस्चित गर्न खोजिएको मात्र हो -डिआरसी लामाको भनाई छ ।

यसमा तपाईको मत