भोटिंग बुथ प्रति मेरो असहमति-शिब कुमार राई, अध्यक्ष पदका प्रत्यासी

shiv

हेर्नुहोस अध्यक्षका प्रत्यासी शिबकुमार राईको प्रेस बिज्ञप्ति जस्ताको तस्तै:

प्रेस बिज्ञप्ति

आदरणीय अमेरिकावाशी दाजु भाइ तथा दिदि बैनीहरु ,पत्रकार मित्रहरु

नमस्कार

एन आर एन यु एस ए को निर्वाचनको मतदान भइरहेको कुरा यहाँहरु सबैलाई सर्व बिदितै छ । यसै सन्दर्भमा निर्वाचन आयोगले प्राविधिक कठिनाई देखाई मतदान गर्ने समय एक तर्फी रुपमा बढाएको मात्र नभई मतदान प्रक्रियाको लागी भनी क्यालिफोर्निया र न्युयोर्क स्टेटमा भोटिंग बुथ राख्ने भन्ने कुरा निर्वाचन प्रमुखबाट थाहा हुन आएकोले यो बिसय अति गम्भीर भएकोले म सभापतिको उम्मेदवार भएको हैसियतले मेरो ध्यान आकर्सित भएको छ ।

भोटिंग बुथ राख्दा उम्मेदवारहरुको प्रतिनिधिहरु अनिबार्य रुपमा चाहिने हुँदा अहिलेसम्म उम्मेदवारहरुको प्रतिनिधि नमागिएको र दुई वा तिन स्टेटमा मात्र भोटिंग बुथ राख्ने निर्णयले स्वतन्त्र र् निस्पक्ष निर्वाचन हुन नसक्ने प्रस्ट छ । अमेरिकाको अन्य स्टेटको मतदातालाई बाइपास गरि दुइ तिन स्टेटमा मात्र भोटिंग बुथ राख्दा अन्य स्टेटमा बस्ने मतदाताको भावनामा चोट पर्न जाने हुँदा यो कार्य प्रति मेरो असहमति छ ।

इलेक्ट्रोनिक भोटिंग र पेपर भोटिंगको व्यवस्था अनुसार धमाधम मतदान भईरहेको सन्दर्भमा अचानक अरु थप प्रक्रिया निर्वाचन आयोगले ल्याउँदा यो निर्वाचन निस्पक्ष हुने कुरामा समेत शंका उत्पन्न भएकोले निर्वाचन आयोगको पुरानो व्यवस्थालाई यथावत राखी निर्वाचन सम्पन्न गर्न माग समेत गर्दछु ।

शिब कुमार राई
सभापति उम्मेदवार
एन आर एन यु एस ए

मिति जुन ८, २०१४

यसमा तपाईको मत