मेरो बिजय भैसकेको छ ढुक्क हुनुहोस -खगेन्द्र जिसी

jici

अध्यक्षका प्रत्यासीहरुको लोकप्रियतामा खगेन्द्र जिसी धेरै अगाडी छन । उनको बारेमा उम्मेदवार, मतदाता, बिभिन्न नेपाली संघ संस्थाका बिबिध व्यक्तित्वहरुसंगको फोन सम्पर्क गर्ने काम निरन्तर छ । झन्डै ३ हजार व्यक्तिहरुसंग गरिएको फोन सम्पर्कमा सबै भन्दा बढी लोकप्रिय उनै छन, जसको मुखमा पनि उनै छन । यत्र तत्र सर्बत्र छाएका छन । लामो समयदेखि नेपाली समाजको सेवा गरेकाले अध्यक्षका प्रत्यासी खगेन्द्र जिसीले त्यो लोकप्रियता हात लगाएका रहेछन । उनको परिचय सबैतिर बाडिएको रहेछ, एउटा प्रमुख कारण उनी अमेरिकामा नेपाली कानून ब्यबसायी भएकैले हो । अमेरिकामा मात्र होइन नेपालमा पनि उनको उठबस बाक्लै हुने कारण उनको पहुँच, प्रतिष्ठा र ज्ञानको भण्डार पनि अन्य प्रतिस्पर्धीको भन्दा राम्रै भएकाले उनी लोकप्रिय रहेका हुन ।

नेपालमा छदा फोमफसलका कलेजहरुमा उनि प्राध्यापन गर्थे भने अमेरिका आएर नाम चलेको कोलम्बिया बिस्वबिध्यालयको बिद्यार्थी भएको कारण उनले आफ्नो ज्ञानको भण्डार फराकिलो पार्ने अवसर जोडेका रहेछन । अमेरिकाका छाता संगठनहरुमा उनको नाउ पनि त्यतिकै चलन चल्तीमा छ भने उनले समयानुकुल अमेरिकाको नेपाली समाजको लागि भैपरिआउने समस्याहरुमा मनग्य सहयोग जुटाएका छन । चुनाव प्रचार प्रसारको अन्तिम घडीमा एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनको लोकप्रिय उम्मेदवारसंग सोधियो तपाइको सक्रियता बारे बताई दिनोस? अध्यक्षका प्रत्यासी जिसीले भने -मेरो विजय भैसकेको छ, ढुक्क हुनुहोस । उनको विजयको धेरैले कामना गरिरहेका पनि छन, यिनै बिसयहरुमा केन्द्रित रहेर अध्यक्षका प्रत्यासी जिसिसंग केहि बेर कुराकानी भयो, त्यहि कुराकानीको सार संक्षेप:

सिधाकुरा: पारिबारिक भ्रमणमा नेपाल जानु हुँदा एएनआरएन सम्बन्धि केहि कुराकानी कसैसंग गर्ने अवसर मिल्यो की?
जिसी: एकदम राम्रो प्रश्न उठाउनु भयो । नेपाल भ्रमणका बेला अमेरिकामा बस्ने नेपालीहरुका दुई वटा सन्धिहरुको बारेमा नेपाल सरकारसंग बिशेस कुरा उठाउने अवसर पाएँ । एउटा हो अमेरिकामा बस्ने नेपाली हरुले तिर्नु पर्ने दोहोरो कर सम्बन्धि सम्झौता र अर्को नेपाली बिध्यार्थीहरुले तिर्नु पर्ने कर (फटका) का बारेमा प्रधानमंत्री लगायत मन्त्रि र सचिबहरुलाई तत्काल सम्झौता सम्बन्धि अग्रसरता लिन आग्रह गरें ।

सिधाकुरा; कति महत्वबान सम्झौताहरु हुन तिनीहरु?
जिसी: यी दुई सम्झौताहरु अत्यन्त महत्वका छन । नेपालमा भएको चल अचल सम्पत्तिको कर अमेरिकामा पनि तिर्नु पर्ने एकातिर छ भने अमेरिकामा त नतिर्ने कुरै भएन । यस्तो दोहोरो कर प्रणालीको अन्त्य गर्न दोहोरो कर सम्झौता जति सक्यो त्यति छिटो गर्न जरुरी छ । नेपाली बिद्यार्थीहरु पनि त्यस्तै मारमा परिरहेका छन । यो दुवै मारलाई हटाउन तत्काल पहलको आबस्यकता छ भन्ने सम्झेर मैले प्रधानमन्त्री, मंत्री र सचिबहरुसंग स्पस्ट कुरा राखेको छु ।

सिधाकुरा: भनेपछि एनआरएनको चुनावको नतिजा आईसके पछि यो दुई देशबीचको सम्झौता गराउने जिम्मा तपाइलाइ नै दिंदा कसो होला?
जिसी: चुनावमा अधिकाम्स मतदाताहरुको पपुलर भोटले जितिने हुँदा तिनै मतदाता लगाएत सबैको जटिल समस्याको निदानमा निर्धक्कसंग सघाउछु र यदि कारणबस चुनाव नजिते पनि सारा नेपालीहरुको यो जल्दो बल्दो समस्या समाधानमा मेरो बिशेस पहल र अमेरिका-नेपाल सम्झौतामा पुरा सहयोग हुन्छ ।

सिधाकुरा: अलिकति भोटिंग सिस्टमको बारेमा तपाइसंग कुरा राख्नु छ । रास्ट्रिय निर्बाचन आयोगले गर्ने चुनावको बर्तमान पद्दतिमा तपाइँ सन्तुस्ट हुनुहुन्छ?
जिसी: सबै कुरा मलाई थाहा छैन, यो कुरामा सार्बजनिक चासो जति हुनु पर्ने हो त्यति नभएको मैले पाएको छु, यो उम्मेदवारहरुको मात्र जिम्मा होइन । मतदाताहरुले पनि सजग भई निर्बाचन आयोगका गतिबिधिमा चासो राख्नु पर्छ र कुनै शंकास्पद गतिबिधि लागे दबाब सिर्जना गर्नु पर्छ ।

सिधाकुरा; त्यसको मतलब केहि खिचडी पाकी रहेको छ की?
जिसी: निर्बाचन आयोगले एउटा स्वतन्त्र कम्पनीलाई भोटिंगको जिम्मा दिएको रहेछ तर कैयन मतदाताहरु तथा उम्मेदवारहरुले उक्त कम्पनीका गतिबिधि पारदर्शी नभएको र पत्राचारमै कमि कमजोरी पाएको मलाई गुनासो गरेका हुनाले खै के भनुं तर खिचडी पाकी रहेको धेरै साथिहरुले शंका गरेका रहेछन ।

सिधाकुरा: के के बिशेसमा आम मतदाताहरुलाई शंका लागिरहेको रहेछ त?
जिसी: बिशेषगरी मेलिङ्ग ब्यालटको अनुगमन र गन्ती गर्ने कुरामा उम्मेदवारहरुको प्रतिनिधि वा पर्यबेक्षक हुनुपर्ने गुनासो आफुलाई राखेका छन । त्यसैगरी अनलाइन भोटिंग पनि एउटा व्यक्तिले उसको आफ्नो निजि कम्युटरमा मास युजर नेम र इमेल पासवर्डको जानकारीका भरमा गर्यो भने फेयर नहुन सक्छ त्यो रोक्ने संयन्त्र निर्बाचन आयोग र भोटिंगको जिम्मा लिने कम्पनीले उम्मेदवार वा उसका प्रतिनिधि वा पर्यबेक्षकको सामु गराउनु पर्ने कुरा आफुसंग धेरै मतदाताले गुनासो राखेका छन ।

सिधाकुरा: यी यस्ता गुनासाहरुलाई सम्बोधन गर्ने गराउने वा पारदर्शी बनाउने सबालमा तपाइँले के गर्न सक्नु हुन्छ त?
जिसी: मैले मात्र होइन हामी सबै उम्मेदवारहरुले निर्बाचन आयोगसंग पारदर्शिता र निस्पक्ष निर्बाचनको ग्यारेन्टी माग गर्नु पर्छ । सिम्प्ली भोटिंग इन्कका गतिबिधि माथि बिस्वास पनि गर्नु पर्छ भने निस्पक्ष र पारदर्शी गराउन दबाब पनि दिनु पर्छ ।

अध्यक्षका प्रतिस्पर्धीहरु मध्ये पृथक ज्ञान, अनुभवका अतिरिक्त बदलिदो परिस्थितिमा अमेरिकाको नेपाली समाजको माग पुरा गराउन सक्ने लोकप्रिय प्रत्यासी जिसी सिधाकुरासंगको भेटमा साच्चिकै ढुक्क लाग्थे । उनको बोलीमा आशाभाव प्रस्ट सुनिन्थ्यो । यो पटकको बाजी उनले नै मार्ने भए ।

यसमा तपाईको मत