एनआरएन निर्बाचन अर्जेन्ट

TvsV

एनआरएन निर्बाचन अर्जेन्ट

अमेरिकामा बस्ने नेपालीहरुका बिरुद्द अदालत नै पिच्छे मुद्दा दाखिला गर्ने मुद्दा सरदार छेवांग शेर्पालामाको डाइरेक्सन र केशव राईको काउन्सिलिङ्गमा अध्यक्षका प्रत्यासीहरु शिवकुमार राई र बिष्णु देउराली र उपाध्यक्षका उम्मेदवार शेषराज खतिवडालाई एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगका बिरुद्द मुद्दा मामिला थोपर्न र सकिनै लागेको निर्बाचन भड्काउने प्रयास भैरहेको अधिकाम्स उम्मेदवारहरुले सिधाकुरालाई फोन गरेर बताएका छन ।

चुनाव बिरुद्दको मुद्दा मामिलाको हल्ला र त्रास न्युयोर्क, म्यासाचुसेट्स, न्युह्याम्सर र मेन राज्यमा मात्र फ़ैलाइनुले यसको पछाडी शेर्पालामा र राइको संलग्नता प्रस्टिदै गएको छ । निर्बाचन आयोग बिरुद्द मुद्दा हाल्न उम्मेदवार मात्र हैन मतदाता पनि सक्छन भने मतदाता भएको नाताले शेर्पालामा र राइले नै हालुन । अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुले मुद्दा मामिला गर्ने होइन वा अन्य कोहि उम्मेदवारहरुले होइन ।

गल्ति कमजोरी जो बाट पनि हुन्छ भने निर्बाचन आयोगले पनि गरेकै छ, निर्बाचन आयोगले आचार संहिता शुरुदेखि नै कडाईका साथ पालन गराउन नसक्नु, आइसीसीका सम्रक्षक, सल्लाहाकार, आरसी, डिआरसी, सदस्य, कार्यबाहक बोर्ड र उम्मेदवारहरुसंग सरसल्लाहा नगरी मनोमानी निर्णय गरेर कमजोरी प्रकट गरेको हो तर यी कमजोरीको जबाफ मुद्दा मामिला गर्ने होइन । चुनावी प्रक्रियामा भएको सामान्य त्रुटीलाई लिएर समाज भाड्ने काम कसैले गर्नु हुँदैन । चुनावमा सबै पक्षबाट जे जे भयो भयो, त्यसलाई बिर्सेर सौहाद्र बाताबरणमा चुनाव सम्पन्न गर्नुको बिकल्प छैन । बर्तमान कार्यबाहक बोर्डका अध्यक्ष शिवकुमार राईले कसैको उक्साहटमा नलागी नयाँ निर्बाचित बोर्डलाई सबै कुरा हस्तान्तरणको प्रक्र्या थाल्नु, शुद्द हिसाबकिताब बुझाउने र हातेमालो गर्ने बाताबरण बनाउने तिर नलागी शेर्पालामा र केशब राईको दुनो सोझ्याउनतिर लाग्ने होइन ।

अध्यक्षका अर्का प्रत्यासी देउराली र उपाध्यक्ष पदका खतिवडाले मुद्दा मामिलाको लफडा तत्काल बन्द गर्नु पर्ने आम मतदाताहरु र उम्मेदवारहरुले सुझाएका छन । मुद्दा सम्राट शेर्पालामालाई त के छ र? उनलाई एनआरएनबाट लखेटेको रिष साध्नु छ र समाज भाड्नुछ । उनि अमेरिकाको नेपाली समाजको स्थायी बासिन्दा होइन मलाई दोहोरो नागरिकता चाहिएको छैन, म बिसुद्द नेपाली हुँ भनेर उनले आफ्नै मुख पत्रमा उल्लेख गराई सकेकोबाट दुनिया नेपालीले बुझ्नु पर्छ उनलाई अमेरिकाको नेपाली समाज बनाउनु छैन, भाड्नु र बिगार्नु छ । नेपाली समाज भाड्न र बिगार्न मुद्दा मामिला गर्न उनले जानेका छन त्यति हो उनको नेपाली समाजमा योगदान ।

कसैले उनका बारेमा लेख्यो भने मुद्दा मामिला गर्ने र हार्ने नजिर बसाई सकेका छन । सके अदालत बाहिर डलर तिराउछ्न, नसके लुकेर बस्छन । उनको के जान्छ र? तर मुद्दा मामिलाले सिंगो नेपाली समाजको नाक जान्छ, त्यो कर्ममा कोहि नलाग्न र निर्बाचन आयोगलाई आफ्नो काम सक्न दिन धेरै उम्मेदवारहरुले सुझाएका छन ।

निर्बाचन जित हारले नेपाली समाजमा कोहि ठुलो र सानो हुँदैन । यो एउटा सामान्य प्रक्रिया हो । सबैले यसलाई पचाउन र फेरी २०१५ मा आउने निर्बाचनका लागि अहिलेदेखि नै तयारी गर्न सिधाकुरा पनि सुझाउछ । जुन १५ देखि ब्यापक रुपमा सदस्यता बनाउने अभियानमा लाग्न र नयाँ बोर्डले च्याप्टरको बिधि बिधान कोरेपछि च्याप्टर गठनतिर लाग्न सबैलाई सिधाकुरा प्रेरित पनि गर्दछ ।

मुदा मामिलामा लागेर समय बर्बादी र धन नोक्सानी तिर लाग्ने हो भने शेर्पालामाले एएनएको तर्फबाट गत मार्च १८ मा १८ करोड नेपाली रुपैया बराबरको बिगो सहित हालेको मुद्दा अदालतले खारेज गरिदिएको प्रमाण एक पटक राम्ररी नजर लगाउन शेर्पालामा, केशव राई, बिष्णु देउराली, शिव कुमार राई, शेषराज खतिवडा, निर्बाचनका सबै उम्मेदवारहरु, सबै मतदाताहरु र अमेरिकामा बसोबास गर्ने २-३ लाख नेपालीहरुलाई सिधाकुरा अनुरोध गर्दछ ।

अदालतबाट जितेर के पाउने हो? हार्यो भने त सर्वस्व गुमाउछ । सर्वस्व गुमाए पछि समाजमा नाक के गरी देखाउनु? अब बिनोदकुमार नेपाल उभिएको समाज र सार्बजनिक सभा समारोहमा शेर्पालामाले नाक के गरि देखाउछ्न? एक पटक सबैले सोचौं ।

यसमा तपाईको मत