बागीका कारण सानदार पराजय भोग्नेहरु

nrn

एनआरएन एनसीसी युएसए प्रमुख निर्बाचन आयुक्तको कार्यालयले आज जारी गरेको उम्मेदवारहरुको नामावली अनुसार एकै राज्य र समुहका थरि थरिका उम्मेदवारहरु र बागीहरुका कारण एकै गोत्रका प्रतिस्पर्धीहरुको शानदार पराजय र दहि चिउरेहरुको भकुण्डो खेलाई ऐतिहासिक हुने भएको छ ।

अध्यक्ष पदमा विष्णुहरि देउराली, खगेन्द्र जिसी र शिबकुमार राई उम्मेदवार छन । यी मध्ये एक जना बागी हुन भनेर आकाशबाणी भएको छ । यी बागीले कतातिर चट्यांग हान्ने हुन पत्तो छैन तर एउटालाई चाहि नराम्ररी हान्छन ।

बरिस्ठ उपाध्यक्ष पदमा लोक तिवारी, घन दवाडी र सानु बाबु सिलवाल प्रतिस्पर्धी छन । यी तिन मध्ये एक जना बागी हुन । यी बागीलाई उत्तरकाले पनि भकुन्डे हान्ने दक्षिणकाले पनि भकुण्डो हान्ने क्रम जारी भैरहदा यिनले कसलाई चट्यांग मार्ने हुन अहिले यकिन भैसकेको छैन तर हुन्छ ।

उपाध्यक्ष पदमा श्री पराजुली, बनिता कतिला र सुर्य लम्साल न्युयोर्कबाट, शेषराज खतिवडा म्यासाचुसेट्सबाट र मुकुन्द ढुंगाना क्यालिफोर्नियाबाट उम्मेदवार छन । यो समुहमा पनि एउटा बागी छन । यी बागीले अर्का दुईलाई चट्यांग हानेर नतिजा अर्कै ल्याउने श्रोतको दाबी छ । यो समूहमा एक जना त दहि चिउरे समेत छन । यी दहि चिउरेलाई नै अरुले सानदार पराजय भोगाउछ्न ।

महासचिब पदमा कृष्ण पोखरेल, प्रेम प्रसाद गुरागाई, तिल श्रेष्ठ, बाबुराम लामा र पुरुषोत्तम बोहोरा गरी पांच उम्मेदवार मैदानमा छन । यो समुहमा दुई बागी र एक दहि चिउरे छन । यी बागी र दहि चिउरेका कारण को जित्ने को हार्ने जोखाना हेर्ने बनकाली बेद बिध्याश्रमका पण्डित ज्योतिसले मात्रै सक्लान ।

सहसचिब पदमा सतेन्द्र शाह, उपेन्द्र राज भट्ट, नारायण क्षेत्री, दिल बहादुर श्रेष्ठ गरी चार उम्मेदवार छन । यो समूहमा पनि एक जना बागी छन । एक जना सामाजिक सेवा क्षेत्रबाट नराम्ररी हात धोएका व्यक्ति पनि भएको हुँदा तिनले अर्का एकलाई बागी बनेर हराउने सम्भाबना छ ।

कोषाध्यक्ष पदमा चार उम्मेदवार छन । दुई उत्तर दक्षिणका छन भने दुई पूर्ब पश्चिमका । प्रतिस्पर्धा उत्तर दक्षिणकै बीच हुन्छ । यहा पनि एक जना बागी छन ।

यसमा तपाईको मत