अध्यक्ष राईको बोर्ड र बोर्ड अफ एड्भाइजर निर्बाचन सम्बन्धि गतिविधिको जिम्मेवार

Tseang and Shiv

बर्तमान बोर्डका कार्यबाहक अध्यक्ष शिव कुमार राईको नेतृत्वका १० जना पदाधिकारी तथा सदस्यहरु र १६ जनाको बोर्ड अफ एड्भाइजर भोली बेलुका ३ बजेर ५९ मिनेटसम्म एनआरएन एनसीसी अफ युएसएका सबै गतिबिधि र निर्बाचन आयोगका सबै काम कारबाहीका प्रमुख जिम्मेवार हुनुहुन्छ भने पूर्ब अध्यक्ष सुमन तिम्सिनाको पालाको सबै गतिबिधिको बुझबुझारथ लिने अर्का पूर्ब अध्यक्ष प्रल्हाद केसी र केसीलाई अपदस्त गरी सबै गतिबिधि ग्रहण गरी लिने अध्यक्ष राईको बर्तमान बोर्ड सबैका सबै गतिबिधिहरुको जिम्मेवार हुनुहुन्छ । पूर्ब निर्बाचन प्रमुख तथा एड्भाइजर छेवांग शेर्पालामाले ३ बर्षसम्म एनआरएन अमेरिकाको निर्बाचन गर्न नसक्नुको गुण दोषको जिम्मेवार पनि यहि कार्यबाहक बोर्ड हो । कोषाध्यक्षको जिम्मेवारी छंदा छंदै टिका लगाएर आइसीसी सदस्यमा मनोनय गर्ने बोर्ड पनि यहि हो ।

अमेरिकाको नेपाली समाजका विद्वान र बिधान तथा चुनाव प्रक्रियामा राम्रो दख्खल भएका व्यक्तिहरुलाई समेटेर तदर्थ समिति मार्फत चुनाव गर्ने भनेर समाजका विद्वत वर्ग लाग्दा लाग्दै यहि बोर्डले हाम्रा मान्छेहरुलाई समेटेर जबर्जस्ति चुनाव गर्न गराउन उद्दत भएको ३ महिनामै त्यहि बोर्डले नियुक्त गरेको निर्बाचन आयोगका गतिबिधि माथि शंका आशंका गर्ने काम चुनावका उम्मेदवारहरुको त हुँदै हो तर बर्तमान बोर्डका जनसम्पर्क अधिकारी तथा प्रबक्ता र कार्यबाहक अध्यक्षले आ-आफ्नो जिम्मेवारी भुलेर अन्य उम्मेदवारहरुको लैलैमा लाग्नुको अर्थ आफ्नो गैर जिम्मेवारीपनलाई सबैका सामु उजागर गर्नु हो ।

इलेक्ट्रोनिक र मेल इन ब्यालट प्रक्रिया सम्बन्धि प्रश्न उठाउदै आइसीसी प्रतिनिधिका उम्मेदवार सन्जीब सापकोटा, बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार सानुबाबु सिलवाल र महासचिब पदका उम्मेदवार प्रेम प्रसाद गुरागाईंले हिजो इमेल मार्फत सबै उम्मेदवारहरु लगाएतलाई जानकारी गराउदा बर्तमान बोर्डका राई र गुरुङले पनि हो हो मा हैसे गर्नाले बर्तमान बोर्डको हैसिएत प्रस्ट भएन र?

भोटिंग प्रक्रियामा भए गरेका त्रुटीको एक मात्र जिम्मेवार रास्ट्रिय निर्बाचन आयोग र सिम्प्ली भोटिंग इन्क होइन बर्तमान बोर्ड हो । यहि बोर्डको सबै निर्णयहरुमा उभिएर रास्ट्रिय निर्बाचन आयोगले आफ्ना गतिबिधि सम्पन्न गरेकामा अन्य उम्मेदवारहरुले प्रश्न उठाए पनि बर्तमान बोर्डमा भएका र उम्मेदवार रहेकाले प्रश्न उठाउनु हास्यास्पद हो । आफै निर्णय गर्ने र गतिबिधि संचालन गर्ने गर्न लगाउने अनि भोटिंग फ्रडको शंका आशंका गर्ने कामले बर्तमान बोर्डको असक्षमता प्रस्ट्याएको छ ।

यदि बर्तमान बोर्डका निर्णयहरुमा आधारित रहेर नै भोटिंग फ्रड हुन गएको हो भने तत्काल बर्तमान बोर्ड र यो बोर्डलाई उचित अनुचित सल्लाहा दिने बोर्ड अफ एड्भाइजरले भोली बेलुका निर्बाचनको नतिजा प्रकाशित हुनु अघि संयुक्त आपतकालीन बैठक डाकेर यथोचित निर्णय गरोस, सबै प्रकारका फ्रडहरुको अनुसन्धान गर्न उच्च स्तरिय आयोग बनाओस र आयोगले गर्ने निर्णय दुवै बोर्डका सबैलाई मान्य हुनेछ भनेर कसम काओस सिधा कुरा यहि अनुरोध गर्दछ ।

जाँदा जाँदै बर्तमान बोर्डका अध्यक्ष राई, उपाध्यक्ष बृहस्पति लामा, महासचिब उपमा कंडेल लामा, कोषाध्यक्ष राजेन्द्र सिवाकोटी, मिडिया कोअर्डिनेटर बनिता कतिला, जनसम्पर्क अधिकारी तथा प्रबक्ता नारायण गुरुङ र बोर्ड सदस्यहरु प्रेम श्रेष्ठ, बिष्णुहरि देउराली, मोहन गुरुङ, मुकुन्द ढुंगाना तथा बोर्ड अफ एड्भाइजरहरु डा. श्याम कार्की, मिलन राई, डा. शुखदेव शाह, ऋषि ढकाल, डा. राम शाह, गौरी जोशी, प्रविन पिया, कर्मा शेर्पा, बिआर लामा, छेवांग शेर्पालामा, श्री पराजुली, डा. रामचन्द्र बराल, डा. मुकुन्द उपाध्याय, कुश श्रेष्ठ, मिना शाक्य प्रधान र देवी बास्तोला भोटिंग फ्रड लगाएत सबै प्रकारका बिकृति विसंगतिको जिम्मेवार हुनुहुन्छ भन्ने कुरा अहिले पनि एनआरएन एनसीसी अफ युएसएको वेब साइटले बताईरहेछ ।

निर्बाचन सम्बन्धि सम्पूर्ण काम सकेर जिम्मेवारी हस्तान्तरण रास्ट्रिय निर्बाचन आयोगबाट बुझी लिने पनि यहि बोर्ड अफ डाइरेक्टर भएकाले यहि बोर्डको कारिन्दा रास्ट्रिय निर्बाचन आयोगका आयुक्त र त्यसका सदस्यहरुलाई कुनै पनि किसिमको आक्षेप थोपर्नु र मान मर्दन गर्नुको तुक छैन, यो कुरा कार्यबाहक बोर्ड र बोर्ड अफ एड्भाइजरले तत्काल बुझ्न जरुरी रहेको सिधाकुराको ठहर छ ।

To,
The Chief Election Commission
NRN USA 2014

Sub: Humble request for information

Dear Sir,

It is my pleasure to express my thanks to you
and your entire team for completing the election June 4th to
12th. I do not have any complain about extending the time
for the election.

I would like to call to your attention the voting pattern that took
place between June 10th and 12th. I have great concern that
some of the votes cast during this period were not
legitimately cast. It has been called to my attention that
some votes were falsely cast by the wrong person at an
alternate location and using same computer in voting more than limitation. To ensure the fairness of the election,
I would like to ask from you the information regarding the
names and numbers of the voters, the state that they reside
in, and the location from where they voted and whether they used same computer/device or not. My objective for
asking this information is to ensure the fairness of the
election and avoid controversy in the future.
Please provide requested information before
announcing the result. Thank you for your support.

Yours Sincerely,
Sanu Babu Silwal
Candidate for
Senior VP
North Carolina

यसमा तपाईको मत