निर्बाचन निस्पक्ष भएन, आइसिसिले छानबिन गर या एफबिआईलाई गराउ !

10466793_10152124394372001_1419088728_n

एनआरएन एनसीसी अफ युएसएको हिजो साँझ निर्बाचन नतिजा साथ सम्पन्न चुनाव धाँदली रहित भएन भने निस्पक्ष पनि रहेन । यो कुरा त्यहा उपस्थित उम्मेदवारहरुले नै बताएका हुन ।

अर्को प्रमुख कुरो निर्बाचनको नतिजा घोषणा गर्नका लागि उम्मेदवारहरुलाई भेडा बाख्रा झैँ थुनेर कतिलाई सेल फोन प्रयोग गर्न नदिएर गरिएको समेत उम्मेदवारहरुले बताए । उम्मेदवारहरु मध्ये कतिले मतदान प्रक्रिया, सिम्प्ली भोटिंगको प्रतिबेदन खोजे तर निर्बाचन आयुक्ले उम्मेदवारहरुलाई हप्काउदै त्यस्ता केहि पनि प्रमाण उपलब्ध नगराएको तिनै उम्मेदवारले बताए । के यसरी चुनावको नतिजा घोषणा गर्ने कार्यक्रम न्युयोर्क राज्य सरकारको स्वीकृतिमा गरियो वा स्टेट कम्प्लाएन्स ढंगले भएको थियो? भेडाबाख्रा झैँ उम्मेदवारहरुलाई थुनेर उनीहरुको मानव अधिकार हनन भएन? यो प्रश्नको जबाफ कसले दिने? त्यहा कुनै दुर्घटना भएको भए ती उम्मेदवारहरुलाई सुरक्षा अंग वा ९११ मा तत्काल फोन सम्पर्क गर्ने साधनबारे पूर्ब जानकारी गराइएको थियो त? त्यो पनि थिएन । त्यो सामान्य त्रुटी थिएन ।

यसअघि निर्बाचनकै क्रममा धेरै धाँदलीका सुचनाहरु बाहिर आइसकेका थिए । क्यालिफोर्नियाका मतदाता बिनोद तिवारीको नाममा लास भेगसबाट इलेक्ट्रोनिक मतदान भएको खवर स्वयम् तिवारीको हवाला दिंदै महासचिबका उम्मेदवार प्रेम प्रसाद गुरागाईंले आइपी एड्रेस सहित निर्बाचन आयोगलाई छानबिनका लागि अनुरोध गरेका थिए । निर्बाचन आयुक्तको कार्यालयले यस्तो गम्भीर प्रकृतिको त्रुटीलाई सामान्य ढंगले लिंदै तिवारीको नाउमा खसालिएको मत बदर गरेर पुन तिवारीलाई भोट खसाल्न दिने जबाफ सबै उम्मेदवारहरुको इमेलमा पठाएका थिए । त्यो जबाफ जिम्मेवारीपूर्ण थिएन ।

जुन ४ मा मतदान शुरु भए पछि एनआरएन एनसीसी अफ युएसए भोटर फेसिलिटेसन सेन्टरको नाउमा न्युयोर्कको ज्याक्सन हाइटमा १२ जना नेपाली युवाहरुद्वारा मतदाताहरुलाई भोट खसाल्न सहयोग गरेको भन्दै निर्बाचन आयोगको अनुमति बिना काम गर्न थालियो । जसको रिपोर्टिंग सिधाकुरालाई क्यालिफोर्नियाका बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार घन प्रसाद दवाडीले गर्दै त्यसको बारेमा खोजी गर्न अनुरोध गरेका थिए । सोहि दिन साँझ सिधाकुराले त्यसको बास्तबिकता फोटो सहित सबैका सामु ल्याएको थियो । जसलाई भोटिंग बुथ भनिएको थियो, त्यहि भोटिंग बुथबाट चुनावको निस्पक्षता माथि प्रश्न उठ्न थालेको थियो । भोटिंग बुथको चारै तिरबाट ब्यापक आलोचना भयो र अन्त्यमा बुथ निर्बाचन आयोगले नथापेको पुस्टि गर्दै प्रमुख आयुक्तले बक्तब्य नै दिएका थिए ।

भोटिंगको प्रक्रिया चलिरहेकै अबस्थामा एनआरएनए आइसीसीका डिआरसिको अनुरोधमा पुन न्युयोर्क र मेरिल्याण्डमा मेल इन ब्यालटका लागि आबस्यक नोटरी पब्लिकको ब्यबस्था भन्दै निर्बाचन आयोगले एक एक वटा बुथ थाप्यो । ति दुई बुथबाट कति नोटरी पब्लिकका काम भए निर्बाचन आयोगले उम्मेदवारहरुलाई जानकारी गराएन । जुन ९ मा इलेक्ट्रोनिक मतदान सकिदै थियो अकस्मात उम्मेदवारहरुको जानकारी बिना नै निर्बाचन आयोगले इलेक्ट्रोनिक मतदानको समय अबधि जुन १२ सम्म र मेल इन ब्यालटको समय अबधि जुन १३ सम्म थप्यो । यो बिसय उम्मेदवारहरुबीच बिबादको बिसय बन्यो, कोहि ठिक भन्ने तिर लागे भने कोहि बेठिक भन्नतिर लागे । यो बिसयलाई लिएर अध्यक्षका प्रत्यासी, आइसीसी प्रतिनिधिका उम्मेदवार, बरिस्ठ उपाध्यक्षका उम्मेदवार र महासचिब पदका उम्मेदवारहरुले निर्बाचन आयोगको ध्यानाकर्षण गराए तर निर्बाचन आयोगले कानमा तेल हालेर बस्यो । यहि बीचमा न्युयोर्कबाट निर्बाचन आयोगको अनुमति बेगर ६४६ २८५ २६१६ नम्बरबाट भटाभट मतदाताहरुलाई मतदानका लागि युजर नेम र पास वर्ड उपलब्ध गराउन सहयोगीको भूमिका कसैले खेल्दै गरेको भन्दै सिधाकुरालाई क्यालिफोर्नियाबाट एक उम्मेदवारले रिपोर्टिंग गरे । क्यालिफोर्नियाका एक जना हिजो निर्बाचित व्यक्तिले त्यो बारेमा सिधाकुरालाई बताएका थिए । त्यो फोनमा कसैसंग ९ मिनेट कुराकानी भएको थियो (जुन यद्यपि रेकर्डमा छ) ।

जुन ९ सम्मको भोटिंगमा खासै धाँदली नभएको तर त्यसपछिको भोटिंग र मेल इन ब्यालटमा ब्यापक शंका रहेको उम्मेदवारहरु धेरैसंग सम्पर्क हुँदा उनीहरुले आशंका व्यक्त गरेका थिए । माउन्ट एभरेस्ट ग्रोसरी मेरिल्याण्डबाट एउटा खाममा ५९ वटा मतपत्र(अध्यक्ष, बरिस्ठ उपाध्यक्ष र मिडिया कोअर्डिनेटरका उम्मेदवारहरुलाई एक छापे), रिजवुड, न्युयोर्कको एउटा ठेगानाबाट एउटा खाममा २८ वटा मतपत्र (अध्यक्ष र बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवारको नाउमा एक छापे), ज्याक्सन हाइट न्युयोर्कको एउटा ठेगानाबाट २१ वटा मत पत्र (अध्यक्ष र बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवारलाई एक छापे) र ७ वटा बेग्ला बेग्लै खाममा ७ जना मतदाताहरुले पठाएको मत पत्र गणनाको क्रममा भेटिएका थिए । मेरिल्याण्डको मतपत्र गन्ति पछि क्यालिफोर्नियाका मिडिया कोअर्डिनेटर पदका उम्मेदवार कृष्ण संजेलले आफुलाई ५७ मत प्राप्त भएको र सो कुरा साथीले बताएको भन्दै फेसबुकमा उल्लेख गरेका थिए भने सोहि मेल इन ब्यालटमा शिव कुमार राई र लोक तिवारीलाई एक छापे मत खसेको थियो । ज्याक्सन हाइट र रिजवुडको एक एक वटा खाममा रहेका मतपत्रहरुमा एक छापे अध्यक्षका प्रत्यासी खगेन्द्र जिसी र बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार लोक तिवारीलाई मतदान गरिएको उल्लेख थियो । यहिनेर प्रश्न उठेको छ -के मेल इन ब्यालट यसरि नै खाम खाममा २१, २८ र ५९ वटा निर्बाचन आयोगमा पठाइन्छ वा सम्बन्धित मतदाताले उसको आफ्नो ठेगानाबाट छुट्टा छुट्टै खाममा पठाउनु पर्छ? के यो मेल इन ब्यालट धाँदली होइन? यो बिसयमा बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार सानुबाबु सिलवालले प्रश्न उठाएका मात्र के थिए, निर्बाचन आयुक्त बिनोद रोकाले हप्काएर उम्मेदवार सिलवाललाई चुप लगाएको कुरोको भिडियो रेकर्ड होला नै निर्बाचन आयोगसंग । बिशेषगरि मतादाता बिनोद तिवारीको भोटिंग फ्रड बारे निर्बाचन आयोगमै महासचिब पदका उम्मेदवार प्रेम प्रसाद गुरागाईंले इमेल जानकारी गराएका थिए । यस्तो संबेदनशिल बिसयलाई निर्बाचन आयोग र कार्यबाहक बोर्डले सुनुवाई समेत गरेन, त्यसको अर्थ हो त्यहाभित्र केहि गडबडी भयो ।

यो अमेरिका हो, नेपाल होइन । यो कानूनी राज्य हो सबैकुरा कानून सम्मत हुनुपर्छ, ल अफ ग्राउण्ड सम्मत हुनुपर्छ । मतदाताहरु र उम्मेदवारहरुको बीचमा निर्बाचन स्वतन्त्र र निस्पक्ष रुपमा गराइनु पर्छ । कुनै धाँदलीका संकेत देखिनु हुन्न । यदि त्यस्तो देखिन्छ भने त्यसको सम्पूर्ण जिम्मेवार निर्बाचन आयोग हो । निर्बाचन आयोगले अवैतनिक र स्वयम सेवा भनेर कर्तब्यबाट बिमुख हुन मिल्दैन । यदि त्यस्तो भन्ने नियत नै हो भने पनि त्यो निर्बाचन अनियमितता हो, त्यो भोटिंग फ्रड हो ।
ICC-Chanabin
यतिखेर सबैकुरा बिग्रीसकेको छ । निर्बाचन आयोगले मतदाताहरुको सुविधालाई ध्यान दिंदै जसरि जुन ९ बाट मतदानको अबधि जुन १२ र १३ सम्म बढाउन सक्यो त्यसैगरी निर्बाचनको नतिजा जुन १५ बाट २० सम्म पुर्याउन किन सकेन? यहाँ पनि गडबडी छ । निर्बाचन फेयर भएको छैन, त्यसको छानबिन हुनुपर्छ भन्दा भन्दै त्यसको नतिजा प्रकाशित गरियो, यसभित्र ब्यापक आशंका छ । अब यस बारेको बिबाद एनआरएन एनसीसी अफ युएसएको कोर्टबाट फुत्कि सकेको छ तर एनआरएनए आइसीसीले यसबारेमा गम्भीर निर्णय लिनु पर्छ । आइसीसीका आरसी नबराज गुरुङ र डिआरसी सोनाम लामाले रिपोर्टिंग गरेको भरमा त्यो निर्णय कार्यान्वयन गर्नु हुन्न । निर्बाचनको नतिजा फेयर भए नभएको सबै डकुमेन्ट अध्ययन अनुसन्धान अन्तरास्ट्रिय निकाय मार्फत गराई निर्बाचनलाई स्वच्छता दिनु पर्छ ।

यदि आइसिसिले समेत धाँदलीपूर्ण नतिजालाई मान्यता दियो भने यो कुराको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) संग अनुसन्धान गर्न सिधाकुराले अन्यायपूर्ण ढंगले हराइएका सबै उम्मेदवारहरुको तर्फबाट समन्वय गरिदिनेछ । एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगलाई यति मात्र अनुरोध छ -सिम्प्ली भोटिंगले संकलन गरेका इलेक्ट्रोनिक भोटहरु रास्ट्रिय निर्बाचन आयोग, कोहि उम्मेदवार वा को को व्यक्तिलाई कहिले कहिले उपलब्ध गरायो? त्यसको जानकारी, कुन स्टेटमा कति मत खस्यो त्यसको जानकारी, न्युयोर्कबाट इलेक्ट्रोनिक र मेल इन ब्यालट कति कति र कहिले कहिले खसे त्यसको जानकारी र हिजोको निर्बाचनको नतिजा घोषणा सभामा उपस्थित सबै महानुभावहरुको उपस्थिति पुस्तिका, खिचिएका फोटो, भिडियो, धुलो माटो सहित त्यहाको सारा बस्तुस्थिति पोको पारेर सिधाकुरालाई पठाई दिनु अनुसन्धानमा सहयोगी हुनेछ ।

स्वच्छ निर्बाचन मतदाता र उम्मेदवारहरु दुबैको अधिकार हो । अधिकार प्राप्तिका लागि एफबिआईले गर्ने अनुसन्धान अभ्यास आबस्यक छ भने किन नगर्ने? एफबिआईलाई १२ जना युवाहरुको यो प्रमाण उपलब्ध गराएर एक एक सोधपुछ गर्न लगायो भने के भोटिंग फ्रड पत्ता नलाग्ला? साथै न्युयोर्क र मेरिल्याण्डको मेलिङ्ग ब्यालटको रहस्य के नखोलिएला र? निर्बाचन आयोगलाई अर्को पनि अनुरोध छ निर्बाचनको क्रममा कोरिएका खेश्रा कागज पनि नफाली सुरक्षित रहोस, अफ बि आईले अहिले नभ्याए ३० बर्ष पछि पनि अनुसन्धान गर्न भ्याउछ ।

यसमा तपाईको मत