दलगत राजनीति की एनआरएन अमेरिका: एउटा बाटो

GC-Banita

भर्खरै सकिएको एनआरएन अमेरिकाको निर्बाचनको क्रममा जुन ९-१३ बीच भएका भोटिंग फ्रडका अनेक संकेत देखिएपछि अधिकाम्स उम्मेदवारहरु एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोग प्रति रुस्ट बनेका छन । अहिलेसम्म रास्ट्रिय निर्बाचन आयोगले एनआरएनको वेब साइटमा बिजयी उम्मेदवारहरुको विवरण समेत दिन सकेको छैन भने कसले कति मत पाए त्यो उल्लेख गर्न सकेको छैन । एनआरएन एनसीसी अफ युएसएका ४७ जना उम्मेदवारहरुलाई थाहै नदिई मनोमानी ढंगले वा कसैको निर्देशनमा बढाईएको भोटिंग समयाबधिले रास्ट्रिय निर्बाचन आयोगका सबै काम कारबाही यतिखेर अत्यन्त बिबादको भुमरीमा छ । निर्बाचन आयोग यतिखेर उम्मेदवारहरुको चासो र जिज्ञासालाई बेवास्ता गरिरहेछ भने निर्बाचन आचार संहिता र दलगत राजनीतिक संलग्नता जस्ता गम्भीर मुद्दाहरुका आरोपी उम्मेदवारहरुलाई बिजयी प्रमाणपत्र र सपथ ख्वाएर १० बर्षे एनआरएनको इतिहासमै कसैले नलगाएको कालो टिका पहिरेर रमिते बनेको छ ।

प्राबिधिक बहुमत हासिल गरी अध्यक्ष खगेन्द्र जिसी निर्बाचित हुनु भएको छ । वहाको यो प्राबिधिक विजयलाई डिआरसी सोनाम लामा, बरिस्ठ उपाध्यक्ष लोक तिवारी, वाणिज्यदूत प्रेमराजा महत र निर्बाचन आयुक्त बिनोद रोकाको पबित्र गठबन्धनले सघाएको कुरा उम्मेदवारहरुले बारम्बार बताएका छन र आगामी ९ महिनासम्म बताउदै जाने संकेत पनि देखिएको छ । प्राबिधिक वा अप्राविधिक जसरी जिते पनि अध्यक्ष जिसीको जीतलाई अब सबैले मान्नै पर्छ । चुनाव हो, यसमा साम, दाम, दण्ड र भेद सबैको उच्चतम प्रयोग हुन्छ । चुनाव जसरी पनि जित्नु पर्छ र कसै न कसैले चुनाव जिती हाल्ने हुँदा जित-हारको बिसयलाई छोडेर बिजयीहरुले पहिले खाएको कसमतिर सबैको ध्यान जानु पर्ने देखिन्छ ।

Jansampark-NC

निर्बाचनको प्रक्रियामा प्रवेश गर्नु अघि बिजयीहरुले गरेको बाचा तर्फ सिधाकुरा ध्यानाकर्षण गराउन चाहान्छ । कुनै न कुनै राजनैतिक दल बिशेषमा क्रियाशील रहेका बिजयीहरु मध्य कतिले प्रमाण पेस गरे या साबित गरे अहिले निर्वाचनको मैदान छाड्ने र केहिले आफु निर्वाचित भएमा आफ्नो बिगतको राजनैतिक संलग्नता तोड्ने बचन दिनु भएको थियो । निर्वाचन आचार संहिता र अमेरिकी गैर नाफामुलक संस्था ५०१ (सी) ३ अन्तरगत दर्ता भएको एनआरएन अमेरिकाका जिम्मेवार पदाधिकारीहरुले दलगत राजनीति गर्न नपाउने प्राबधान स्पष्ट उल्लेख गरिएको छ भने अर्को कुनै मनपरेको राजनीतिक दल बिशेषका लागि काम गर्नु “कन्फ्लिक्ट अफ इनट्रेस्ट” पनि हो l त्यो सर्वथा अमेरिकी कानुन र सामाजिक न्याय दुवै दृष्टिकोणले नाजायज छ ।

“म एनआरएन अमेरिकाको हितमा काम गर्ने छु र कुनै दल विशेषमा मेरो क्रियाशील संलग्नता रहने छैन या दलगत राजनीति गर्ने छैन” भनेर जुन १५ को साँझ भेडा बाख्रा खोरमा सपथ दिलाउनु अघि प्रमुख निर्बाचन आयुक्तले कोहि दलगत राजनीतिमा संलग्न भए/नभएको सोधनी गर्नु भएन । जो जो ले सपथ खानु भयो वहाहरुले पनि आफुले हस्ताक्षर गर्नु भएको सपथ ग्रहण अघि आफु राजनीतिक दल वा त्यसको भात्री संगठनको सदस्य रहेको खुलासा गर्नु भएन ।

हिजो राति पत्रकार शैलेश श्रेष्ठले बिनम्रताका साथ एनआरएन एनसीसी अफ युएसएका निर्बाचित पदाधिकारीहरुलाई बिगतका ती बचनहरु स्मरण गर्न अनुरोध गर्दै अब राजनैतिक दल बिशेषको पदीय जिम्मेवारी र क्रियाशील सदस्यता परित्याग गरेको सार्वजनिक घोषणा गरेर हामी सबैको नेता बन्नुहोस, कि त दलगत संलग्नता परित्याग गरेको सार्वजनिक घोषणा गर्नुस या अध्यक्ष ज्युलाई स-प्रमाण जानकारी गराउनुस भनि आफ्नो फेसबुक स्टाटसमा उल्लेख गर्नु भयो । पत्रकार श्रेष्ठले थप्दै भन्नु भन्नु भएको थियो -हामीले आफ्नो बिश्वासको मत दियौं अब हाम्रो बिश्वास जित्ने पालो तपाईहरुको । एउटा सानो झुण्डको नाइके बन्ने कि सम्पूर्ण एनआरएन अमेरिका र हामी सबैको नेता? अब रोजाई तपाईको हातमा छ भन्दै पत्रकार श्रेष्ठले दिएको अप्सनको टिप्पणी उठाउदै निर्बाचित अध्यक्ष खगेन्द्र जिसीले उल्लेख गर्नु भएको थियो – निर्बाचित पदाधिकारी तथा सदस्यहरु कोहि त्यस्तो राजनीतिक दलमा सामेल हुनुहुन्छ भने यथासक्य छिटो त्यो परित्याग गर्नुहोस भनेर पहिल्यै माग गरेको छु । पत्रकार श्रेष्ठको स्टाटसलाई अध्यक्ष पदमा हार स्वीकार गर्ने शिवकुमार राइले सहमति जनाउनु भएको छ ।
No Politics

हिजो रातिको यो घटना पछि अहिले सिधाकुरालाई नेपाली कांग्रेस पार्टीको तर्फबाट दुई वटा चिठ्ठी प्राप्त भएको छ, जसमा स्वयम निर्बाचित अध्यक्ष राजनीतिक दलको भात्री संगठनको सल्लाहाकार रहनु भएको खुलाईएको छ । सल्लाहाकार रहनु भनेको राजनीतिक दलमा सामेल हुनु हो होइन त्यसको विश्लेषण गर्ने जिम्मा पत्रकार श्रेष्ठलाई सिधाकुरा छोडी दिन्छ भने रास्ट्रिय निर्बाचन आयुक्तको सपथ ग्रहण ”जेपर्डी” मा फस्यो फसेन? एनआरएनए आइसीसीका संरक्षक, सल्लाहाकार, आरसी, डिआरसी, सदस्य र को अप्टेड सदस्य लगाएत निर्बाचन आयोग, आयोगका सल्लाहाकारहरु, मेम्बर भेरीफिकेसन कमिटिका सदस्यहरु, मतदाताहरु र हार बेहोरेका उम्मेदवारहरुले स्पस्ट पारुन ।

त्यसैगरी नेकपा एमालेको भात्री संगठन प्रबासी नेपाली मंचका अमेरिकाका बोर्ड सदस्य बनिता कतिला उपाध्यक्ष पदमा बिजयी हुनुभएको छ । वहाको विजय पनि सबैले स्वीकार गर्नै पर्छ । के त वहाले पनि आफु नेकपा एमाले पार्टीको सदस्य नरहनु भएको कुनै सुचना सपथ खानु अघि रास्ट्रिय निर्बाचन आयोगलाई दिनु भयो? यदि दिनु भएन भने त्यो पनि ”जेपर्डी” भयो ।

को को बिजयीहरु यस्तो जेपर्डीमा फस्नु भयो रास्ट्रिय निर्बाचन आयोगले यसको जिम्मेवारी लिनु पर्छ र एनअरएन अमेरिकाका हरेक सदस्यलाई यो जेपर्डी जानकारी दिनु पर्छ । ”जेपर्डी” को जानकारी पत्रकार श्रेष्ठलाई दिने जिम्मेवारी रास्ट्रिय निर्बाचन आयोग कै हो वा अध्यक्ष जिसी र उपाध्यक्ष कतिलाको?

यसमा तपाईको मत