अमेरिकामा जेठो कांग्रेस र माइलो कम्युनिस्टको घर झगडा

sanjay and bishnu

नेपाली कांग्रेस पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका खगेन्द्र जिसी, मृदुला कोइराला, आनन्द बिस्ट र बिष्णु सुबेदीको बीचको लडाई र झगडा त दुनिया नेपालीले जान्दै आएका हुन । कांग्रेसको पर्यायबाची शब्द भनेको अन्तर्घात हो । एउटालाई अर्कोले सिध्याउने रणनीति हो । जुलाई १३, २०११ मा समितिबाट राजिनामा दिएका जिसीलाई पछि कांग्रेस केन्द्रिय कार्यालयले समितिको सल्लाहाकार बनायो तर जनसम्पर्क समितिको संयोजक हुँदा लाखौँ डलरको हिसाब किताब नबुझाएको आरोप लगाएर सुबेदी पक्षले जिसीको तेजोबध मात्र गरेको छैन, फेसबुक भरी जिसीले आर्थिक अपचलन गरेको डकुमेन्ट घुमाएको पनि बर्षौं भैसकेको छ । (यो सिधाकुराको खोजको कुरा बनिरहेको छ, कुनै दिन बजारमा आउछ)

कांग्रेस अमेरिका जस्तै एमाले अमेरिकाको पनि हालत बेहाल छ । एमाले अमेरिका अर्थात प्रबासी नेपाली मंच अमेरिकाका अध्यक्ष तथा पूर्बी क्षेत्रीय नेता संजय थापा र मंचका कोषाध्यक्ष शंकर पन्थ कसले कसलाई सिध्याउने भन्ने दाउमा छन । त्यसैगरी सुदुर पश्चिम अर्थात टेक्सासका भिम कार्की र जिबन जोशीको फाइटले सिमा नाघेको छ । त्यसैगरी मध्य पश्चिम क्षेत्रका सीएन पौडेल र प्रिती खत्री बीचको लफडाले डांडो काटिसकेको छ । उता मध्य क्षेत्रका बाला घिमिरे र हेमन्त भेटवालको जुँगाको लडाईले नाकको डिल र ओठ नै सोहोरेर लैजाला जस्तो भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको आगामी महाधिबेसनमा अमेरिकालाई ८ सिट प्रतिनिधिको ब्यबस्था पार्टी मुख्यालय बल्खुले गरे पछि ति सिटहरुमा को को बस्ने भन्ने दाउमा एमाले कम्युनिस्टहरु बीच लुछाचुडी भएको बल्खु श्रोतको दाबि छ । बल्खु श्रोत भन्छ -केपी ओलीलाई समर्थन गर्ने र भोट हाल्नेहरुलाई मात्र अमेरिकाबाट प्रतिनिधि मनोनयन गरिनेछ । पार्टी अध्यक्ष झल्लुका पिठ्ठु मानिने टेक्सासका भिम कार्कीलाई समेत केपीलाई भोट हाल्ने सर्तमा आज थापाले निर्बिरोध गराए र महाधिबेसन प्रतिनिधि चयन गराए, एउटा क्षेत्रबाट २ जना प्रतिनिधि छान्ने प्राबधान अनुरुप कार्की र यमुना भट्टराई टेक्सासबाट छानिएको बल्खु श्रोतको दाबि छ । उक्त एक प्रतिनिधिका लागि जनक राना, डा. नन्द रेग्मी, यमुना भट्टराई, कमल ओझा, दीपक पाण्डे, युबराज खनाल र शुशिल क्षेत्री बीच प्रतिस्पर्धा थियो । त्यसैगरी डिसी मेट्रो क्षेत्रबाट आजै मंचकी केन्द्रिय सदस्य जानकी कार्की पनि निर्बिरोध भईन । अर्को एक जनाको लागि रुद्र अर्याल, जित गुरुङ र चन्द्र बिक बीच प्रतिस्पर्धा भैरहेको छ र सम्भवत: बिक निर्बिरोध हुने सम्भावना बढेको बल्खु श्रोतले खुलाएको छ । यसअघि प्रभु थापाकी श्रीमतीलाई अगाडी बढाउने प्रयास भैरहेको थियो भने गणेश कुँवरलाई पनि पक्षपोषण गर्ने काम हुँदै थियो ।

एमाले अमेरिकामा जम्मा जम्मी ९ सय संगठित सदस्य रहेको बताईएको छ । एमाले अमेरिका अर्थात मंच अगस्ट २०१३ मा गठन हुनु पूर्व युनाइटेड नेपलिज डेमोक्रेटिक फोरम(युएनडिएफ) को रुपमा डा. रामचन्द्र बरालले नेतृत्व गरिरहेका थिए ।

एमाले अमेरिका अर्थात मंचलाई थापा बन्धुहरुको खोपी पनि भनिन्छ । अध्यक्ष संजय थापा, महासचिब प्रभु थापा, महिला समिति सभापति कुन्ती थापा, क्यालिफोर्नियाका बलराम थापाहरुको थापा पार्टी भन्ने पनि गरिन्छ -बल्खु श्रोत भन्छ ।

एमाले मंचमा यतिखेर २ धार स्पस्ट रुपमा रहेका छन । एउटा केपी वली अर्को माधव नेपाल धार । केपी वली धार भन्छ -अमेरिकामा भए पनि यो राजनीतिक लाइनमा काम गर्नु पर्छ माधव धार भन्छ -मंचले ५०१ सी अन्तर्गतको सामाजिक धारको रुपमा काम गर्नु पर्छ । माधव र केपी धारको लडाई र खिचातानी तन्किने हो भने ९ सय मध्य ६ सय डा. बरालको युएनडिएफ तिर सोझिने संकेत देखिईसकेको छ -बल्खु श्रोत भन्छ ।

प्रबासी नेपाली मंचले अमेरिकालाई १२ वटा स्टेटका दरले भाग लगाएर ४ वटा च्याप्टर निमाण गर्ने योजना बनाएको छ । जसमा न्युयोर्क च्याप्टर राधाकृष्ण देउजाले नेतृत्व गर्छन भने टेक्सास च्याप्टर नेत्र पाण्डेले गर्छन । अन्य दुई च्याप्टर गठन प्रक्रियामा रहेको बल्खु श्रोतले खुलाएको छ ।

मंचमा हेम पाठक, राधाकृष्ण देउजा र शेषराज खतिवडालाई सहजकर्ताको रुपमा लिईन्छ तर यतिखेर पाठक महाधिबेसन प्रतिनिधि छान्ने काममा सक्रिय नभएको बताईएको छ भने देउजा र खतिवडाले चार वटै क्षेत्रबाट महाधिबेसन प्रतिनिधि निर्बिरोध गराउन प्रयास गरिरहेको बताइन्छ ।

पूर्बी क्षेत्र अर्थात न्युयोर्कबाट संजय थापा र कुन्ती थापालाई निर्बिरोध गराउने केपी वली समुहको दाउ छ तर लिला अधिकारी र सिता खरेलहरुका कारण कुन्ती थापाको चयन हुने सम्भावना कम रहेको बताईएको छ । सिता खरेल मंचको न्युयोर्क च्याप्टर लगाएत आम एमालेहरु बीच परिचित भएकाले कुन्ती थापा र खरेल बीच निर्बाचन हुने सम्भावना देखिन्छ, यसो भयो भने खरेलले दुई तिहाई मतले बिजय हासिल गर्नेछिन -बल्खु श्रोत भन्छ । खरेलका पक्षमा म्यासाचुसेट्सका ५९ भोट मध्ये ५० भोट खरेललाई हालेर उनलाई दुई तिहाई मतले जिताउने युनडिएफ श्रोत बताउछ ।

नेपालका एमाले नेतै पिच्छेका छोटे नेताहरु अमेरिकामा भएकाले उनीहरुको बीचको लडाई समेत उनीहरुका प्रभुहरुको भन्दा कम छैन । बाग्लुङ्गमा शिक्षक छँदा झलनाथ कमरेडले बनाएका भिम कार्की यतिखेर महाधिबेसन प्रतिनिधि बन्न माधव धार छोडेर केपीतिर ढल्किनुलाई अर्थपूर्ण रुपमा लिईएको छ भने एनआरएन एनसीसी अफ युएसएको चुनावमा उठेका उम्मेदवारहरु शेषराज खतिवडा, बनिता कतिला, पुरुषोत्तम बोहोरा, देवी पाण्डे आदिलाई महाधिबेसन प्रतिनिधि छनौट प्रक्रियामा नराखिएको एमाले श्रोतले खुलाएको छ ।

केपी वली र माधव नेपाल बीच आगामी महाधिबेसनमा अध्यक्षको प्रतिस्पर्धा हुँदैछ, एमाले अमेरिकाका एकजना प्रभावशाली व्यक्ति भन्छन -माधव नेपाल गुट अमेरिकामा पत्तासाफ भएको छ । ८ जना महाधिबेसन प्रतिनिधि चयनका लागि एमाले अमेरिकाका नेता कार्यकर्ता बीच यति बिघ्न लडाई छ भने महाधिबेसन पछि युनडिएफ तिर ओईरिनेहरुको भिडले आगामी एनआरएन अमेरिकाको चुनाव अहिले झैँ पुन उनीहरुको लागि हात लाग्यो सुन्य हुने अबस्था अहिले नै सिर्जना भैसकेको छ ।

यसमा तपाईको मत