डिआरसी लामाको उपस्थितिमा एनआरएनको पहिलो बैठक

chaayaa

अस्ति जुन १५ मा न्युयोर्कमा उम्मेदवारहरुलाई भेडा बाख्रा झैं थुनेर जबर्जस्ति घोषणा गरिएको एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगको मतगणनाबाट निर्बाचित भनिएकाहरुले आज साझ ८ बजे कन्फरेन्स कल बैठक गरेर आठ वटा निर्णय गरेका छन । एनआरएनए आईसिसिका क्षेत्रीय उपसंयोजक सोनाम लामा बोर्डको बैठकमा उपस्थित हुनु पर्ने कुनै कारण थिएन न त बोर्डले आमन्त्रण नै गरेको थियो, उनको उपस्थितिले केहि सदस्यहरुले आस्चर्य ब्यक्त गर्दै शुरुमै आइसीसीको हस्तक्षेप शुरु भएको एक जना बोर्ड सदस्यले बताएका छन । निर्बाचनमा जबर्जस्ति हराईएकाहरुको छाँया एनआरएन एनसीसी अफ युएसए बोर्ड बैठकले डिआरसी लामाको उपस्थितको बिरोध जनाउदै अहिले साझ १० बजे सिधाकुरालाई जानकारी गराए । एनआरएन एनसीसीमा आइसीसीको यस प्रकारको हस्तक्षेपको हामी बिरोध गर्दछौं भन्दै २० जनाको छाँया बोर्डले लामाको उपस्थिति प्रति आपत्ति जनाएका छन । बैठकको शुरुमा नै अध्यक्ष खगेन्द्र जिसीले सबैलाई बधाई र धन्यबाद दिएका थिए । बोर्डका निर्णयहरु:

१) एनआरएन एनसीसी अफ युएसएका निर्बाचित भनिएकाहरुको सपथ गराईयो ।
२) एनआरएन एनसीसी अफ युएसएको बार्षिक साधारण सभा (एजीएम) एएनएको सम्मेलनको आसपास हुने गरी जुलाई ६ तारिख मनाउने र त्यसका लागि सांस्कृतिक कार्यक्रम लगाएतको जिम्मा डिआरसी लामालाई दिने बोर्डले निर्णय गर्यो । डिआरसी लामालाई एजीएमको जिम्मा दिनुको अर्थ उनको साँठगांठ एएनएका तानाशाह छेवांग शेर्पालामासंग भएको छायाँ बोर्डले महसुस गरेको छ ।
३) बरिस्ठ उपाध्यक्ष लोक तिवारी र उपाध्यक्ष श्री पराजुलीको बोर्डमा व्यक्त इक्षा बमोजिम उनीहरुलाई च्याप्टर गठन र सदस्यता ब्रिद्दिको बोर्डले जिम्मेवारी दिएको छ । हाललाई वासिंगटन डिसी, म्यासाचुसेट्स, टेक्सास, न्युयोर्क र क्यालिफोर्नियामा च्याप्टर गठन गर्ने बोर्डले निर्णय गर्यो ।
४) आजिबन सदस्यता शुल्क महँगो भएकाले त्यसलाई घटाएर १ सय देखि २ सय सम्म ल्याउन कोशिश गर्ने ।
५) सल्लाहाकार समिति गठन गर्ने निर्णय गर्यो जसका लागि प्रत्येक सदस्यले अध्यक्ष जिसीलाई सम्भावित नाउ इमेल मार्फत पठाउने ।
६) महिला बिभाग गठनको प्रक्रिया लगाएतका कार्य गर्न आइसीसीका को-अप्टेड सदस्य बिष्णुमाया परियारको सहयोगमा उपाध्यक्ष बनिता कतिला, युवा र महिला कोअर्डिनेटर बर्षा मोक्तान र उमा थापाले कार्य गर्ने बोर्डले तोकेको छ । छाँया बोर्डका सदस्यहरु भन्छन यहाँ पनि छेवांग शेर्पालामाका सेलिब्रिटी परियारलाई सामेल गर्नुलाई अर्थपूर्ण रुपमा लिईएको छ ।
७) बिधान संसोधन समिति बनाउने निर्णय भयो ।

डिआरसी सोनाम लामा निर्बाचनको शुरुदेखि नै के उद्देस्यले लागि परिरहेका छन बुझ्न अब धेरै गाह्रो नपर्ने छाँया बोर्डका पदाधिकारी तथा सदस्यहरुले बैठक पछि सिधाकुरालाई बताए । एक प्रश्नको जबाफमा उनीहरुले भने भोटर्स फ्रड गरेर हराईएकाहरुले एनआरएनमा असल पद्दति र आइसीसीको अनाबस्यक हस्तक्षेपका बिरुद्द डटेर सामना गर्नेछ । यो छाँया बोर्ड अर्को चुनाव नहुन्जेल जारी रहन्छ र अमेरिकामा बसोबास गर्ने सबै नेपालिहरुको हितमा आगामी ९ महिनासम्म क्रियाशील रहन्छ ।

यसमा तपाईको मत