फेसबुकमा लाजमर्दा पोस्टिंग र कांग्रेस सभापति तथा प्रम कोइराला

images-1

नेपाली कांग्रेस पार्टीका सभापति, संसदीय दलका नेता तथा प्रधानमंत्री शुशिल कोइरालाका भक्तहरुको बाणी फेसबुकमा देख्दा कोइरालालाई होइन नेपाली-अमेरिकनहरुलाई लाजमर्दो हुने दिन आएको छ । कोइरालाको खर्च एनआरएन अमेरिकाले बेहोर्ने रे, हामी नेपालीले बेहोरिदिने रे । वा क्या बात? प्रम कोइराला क्यान्सर उपचारको निहुमा न्युयोर्कमा बसेर गर्न हुने नहुने सबै खालका तमासामा संलग्न छन । एनआरएन एनसीसी अफ युएसएको चुनावमा भोटर्स फ्रडको तमाशा सुने उनले ।

उनका क्याबिनेटका दुई जना मन्त्रीले एनआरएनहरुलाई दोहोरो नागरिकता दिन नमिल्ने भनिरहंदा कोइराला दिन मिल्ने भनेर नेपालीहरुलाई थुम्थुम्याएको भरमा अमेरिकाका नेपालीहरुले उनको स्वास्थ्योपचार खर्च बोहोर्न आव्हान गर्ने हनुमान भक्तहरुको पछि को लाग्ने? कोइरालाले एनआरएन भोटर्स फ्रडको रमिता मात्र हेरेनन नव निर्बाचित एनआरएन बोर्डले गरेको निर्णय उल्टाउन लगाई कांग्रेस नेत्री मृदुला कोइरालाको खानपान र स्याहारको भरमा एनआरएनको कार्यक्रम नै रद्द गराइयो र कोइरालाले त्यसलाई स्वीकार गरे । यस्ता व्यक्तिलाई एनआरएनले स्वास्थ्य उपचार खर्च धानी दिनु पर्ने?

10389327_10152141022317001_4002424741769735211_n

आफ्नै पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको न्युयोर्क च्याप्टरको अधिबेसन र निर्बाचनमा समेत कोइरालाले तटस्थ भूमिका निभाउन सकेनन । उनले आफ्नै कार्यकर्ता बिकास बिस्ट र रोशन ढुंगाना बराबर हुन भन्न सकेनन । पार्टी सभापति कोइरालाका नजरमा कोहि नजिक र कोहि टाढा हुन सक्छ? किन ढुंगाना नजिक भए र किन बिस्ट टाढा?

ढुंगाना मृदुला कोइराला, बिष्णु सुबेदी र प्रमोद सिटौलाहरुद्वारा समर्थित व्यक्ति थिए तर बिस्ट गोरख बिस्ट, बेद खरेल र खगेन्द्र जिसीहरुद्वारा समर्थित थिए । प्रम कोइराला युगौंदेखि गिरिजा प्रसाद कोइरालाका किचेनका प्रमुख भान्छे नै हुन अर्थात उनी नोना भाउजु, शैलजा भान्जी र शेखर भतिजाले पकाएको बाड्ने मान्छे थिए र त्यो क्रम अहिले पनि जारी छ । त्यहि क्रममा पार्टी सभापति कोइरालाले रोशन ढुंगानालाई चुलो मास्तिर र बिकास बिस्टलाई चुलो मुन्तिर मृदुला, बिष्णु र प्रमोदहरुले पकाएको बाँडेका थिए । बुझ्नेलाई श्रीखंड नबुझ्नेलाई खुर्पाको बिंड भनेर भिम बहादुर तामाङ्ग र सिके प्रसाइले कुनै बेला काग्रेसको बैठकमै भनेका थिए सायद कोइरालाभक्त यी लठुवा मनुवा पिपलमणी सिग्देलको दिमागमा जे फुर्यो त्यहि फेसबुकमा उल्लेख गरी दिए तर तामाङ्ग र प्रसाईको कुनै हेक्का राखेनन ।

नेपाली कांग्रेस पार्टी भनेको कोइरालाहरुको पेवा होइन, हजारौ डेमोक्र्याटहरुको बलिदानले बनेको पार्टी हो । जहाँ बि. स. २०३१ सालको ओखलढुंगा काण्ड अर्थात क्याप्टेन यज्ञ बहादुर थापाको बलिदानले कमला नदि र १७ बर्षीय राम कुमार सुनवारको रगतले सुनकोशी नदि रंगिएको इतिहास छ भनेर कोइराला परिबारले कहिले बुझ्दैन । अनेक बहानामा अमेरिका आएर कांग्रेस बनेका कोइराला, ढुंगाना, सुबेदी, सिटौला, बिस्ट, जिसी, खरेल, केसी आदि इत्यादिलाई सोलुखुम्बु जिल्लाको टिम्बुरबोटे एक पटक भ्रमण गर्न र सुरुङ्गमा रगतका छिटा अझै भए नभएको जानकारीमा लिन सिधाकुरा अनुरोध गर्दछ ।

टिम्बुरबोटे काण्ड (ओखलढुंगा) काण्डको अनुसन्धानले भनेको छ -नेपाली कांग्रेस पार्टीको ओखलढुंगा काण्ड तुहिनुमा कोइराला बंशको हात छ, जहाँ भान्जी शैलजा कोषाध्यक्ष हुनुहुन्थ्यो । भुत्ते र खिया लागेका हतियारहरु खरिद गरिएको थियो, ति हतियारहरु उदयपुर जिल्लाको कटारी हुँदै १७ बर्षिय बालक सुनुवार लगाएतले नूनको भारीमा बोकेर लैजादै गर्दा सुनकोशीमा नेपाली सेनाले पकडेको थियो र ओखलढुंगा जिल्लाको सातसल्लेमा ती बालकलाई नेपाली सेनाले रुखमा टाँगेर गोली हानेर मारेको थियो र सुनकोशी नदि रंगाएको थियो ।

यत्रो रंगिन इतिहास बोकेको पार्टीका सभापतिमा अझै साझा मन र आफ्ना कार्यकर्ताहरु सबै बराबर हुन भन्ने सामान्य हेक्का रहेनछ अनि यस्ता प्राणीलाई एनआरएन नेपालीहरुले उपचार खर्च बेहोरी दिनु? एकै भाँडाका भात खाने आफ्नै कार्यकर्ताहरु त कोइरालाको नजरमा समान छैनन् भने बाजुरादेखि ताप्लेजुङ्गसम्म र केचनादेखि चाँदनी दोधारासम्मका कोहि कसैका नभएका नेपालीहरुका लागि कांग्रेस सभापति कोइरालाले के गर्छन?

फेरी अर्को कुरो कोइरालाको उपचारमा एनआरएन अमेरिकाका सदस्यहरुले उपचार खर्च जुटाउने नजिर बसाउने हो भने दिनरात बिरामी भैरहने नेकपा एमालेका संसदीय दलका नेता केपी वलीको उपचारका लागि काठमान्डू-न्युयोर्क एयर एम्बुलेन्सको ब्यबस्था पनि एनआरएन अमेरिका र यसका सदस्यहरुले ठेक्का लिनु पर्ने हुन्छ । के एनआरएनहरु यसका लागि तयार छन?

यसमा तपाईको मत