बिज्ञापनमा आधारित संचारकर्म, एनआरएनमा राजनीति र धाँदली

Advertise

ढुक्क हुनुहोस, एनआरएन अमेरिका तपाई हामी सबैको राजनीतिमुक्त साझा संगठन हुनेछ ।
संचारकर्मीको औसत र आम दायित्व भन्दा दुई कदम अघि बढेर म प्रारम्भ देखि यो जोखिमको खेती गरिरहेको छु, यो साझा “मिसन” असफल भयो भने मैले व्यक्तिगत तवरबाट चुकाउनु पर्ने मूल्य र जोखिमका बारेमा पनि म यो क्षण उत्तिकै सचेत छु । मलाई थाहा छ काम सजिलो भएको भए यस्तो काममा कर्ताहरुको मेला लाग्थ्यो किन भने फल अबश्यम्भाबी हुन्थ्यो तर एनआरएन अमेरिकालाई दुई चार जना तथाकथित ठुला ठालुको कब्जा, कोठा, फाईल क्याबिनेट अथवा “पकेट” बाट आम प्रबासी माझ ल्याउन हामी न्युयोर्कका संचारकर्मीहरुले मुसा नमार्ने र नमारेका थुप्रै बिरालोहरुको घाँटीमा घण्टी बाध्ने दुस्साहस गरेका छौं जति बेला थुप्रै मोफसलका अग्रज संचारकर्मीहरुलाई यो बिषय “कागलाई बेल पाक्यो हर्ष न बिष्मत” भएको थियो – संचारकर्मी शैलेश श्रेष्ठ

JC1

कुरो यहिबाट शुरु हुन्छ । एनआरएन एनसीसी अफ युएसएका अग्रज ठुला ठालुहरुको कब्जा मात्र होइन, त्यहाभित्र दलीय राजनीतिको चिरफार र विकृत संस्कृतिको उत्खनन गर्ने काम न्युयोर्कको मिडियाले होइन मोफसलका संचार र कर्मिहरुले गरेको कुरो आज होइन सन २००७ देखि नै इमेल र ब्लग मार्फत ओइरो लागेको न्युयोर्कका मिडियाले बुझ्नु पर्ने हो तर जस लिने र बिज्ञापनमा आधारित पत्रकारितामा न्युयोर्कका पत्रकारहरु सफल रही आएका छन । यो प्रबृत्ति नेपालबाट नै आयातित हो । एनआरएन अमेरिकामा भ्रस्टाचारका मुद्दा उठाउने को हो र कसले त्यसको अग्रता लिएको थियो? अनि सन २०१० मा न्युयोर्कको अधेरो कोठरीबाट एनआरएन अमेरिकाको बोर्डको अनुहार सार्बजनिक हुँदा न्युयोर्कका मिडियाले के रबैया देखाए? सबैले जानेको बुझेको बिसय थियो ।

काठमान्डूमा हजारौं संचारहरु संचालित छन तर तिनीहरुको जिजीबिषा सहि कर्ममा आधारित नभएर राजनीतिक दलका नेता, प्रधानमन्त्री र मन्त्रीहरु, सचिब र उच्च पदस्थ सरकारी अधिकारीहरु, पुलिस, सेना, घुसिया कर्मचारी, तस्कर र खुफियाहरुको दान दातब्यमा आधारित हुँदै आएकोले नेपालीहरुले चाहेको सुचना र समाचार बाहिर आउनु अगावै ति खुफियाहरुले सेन्सर गर्ने प्रचलन छ । ठ्याक्कै त्यहि प्रबृत्ति अमेरिकाको नेपाली समाजमा दोहोरिने खतरा बढेर गएको छ ।

safe_image.php

एनआरएन एनसीसी अफ युएसएको चुनावको मिसन सफल भईरहंदा मात्र होइन जबर्जस्ति गर्न खोजिएको चुनावको शुरुकै दिनदेखि निरन्तर निगरानी, पहरेदारी र नाङ्गेझार पारेर मोफसलका मिडियाले नै चुनावको माहौल सिर्जना गरेको थियो, त्यो पनि सित्तैमा तर परिणाम आफ्नो अनुकुल नपरेपछि बिषबमन गरेर पुनः पानी धमिलो पार्ने कुचेष्टा केहि उम्मेदवारहरुले सार्वजनिकरुपमै गरेका होइनन, धमिलो पानीमा राजनीतिक दलका उम्मेदवारहरुले पौडी खेलेको, त्यसको रमिता न्युयोर्कका मिडियाले हेरेको र सकेजति उम्मेदवारहरुसंग उठाउन मिल्ने जति बिज्ञापन शुल्कले गर्दा एनआरएनमा राजनीति घुसाउनेहरुकै बिजय र धाँदलीजन्य क्रियाकलाप हुँदा न्युयोर्कका मिडिया कानमा तेल हालेर बसेको देख्दा भने यतिखेर सबै ताजुक मानिरहेका छन ।

नवनिर्वाचित कमिटीलाई “राजनैतिक रंग” दिने दुस्प्रयास होइन राजनीतिक रंग शिरदेखि पाउसम्म भिरेका उम्मेदवारहरुको क्रियाशीलतामा न्युयोर्कका मिडिया र संचारकर्मीसंग कसैले न्याय मागेका छैन, मात्र न्युयोर्कमा निर्बाचनका दौरानमा जे जति गलत कामहरु भए त्यसको खोजि गर र बास्तबिकता पत्ता लगाई जनसमक्ष बाहिर ल्याउन भनेर नेपालीहरुले आग्रह गरेका हुन । एनआरएन अमेरिकाको चुनावमा अहिले जे जति हत्कण्डा मच्चाइयो त्यो न्युयोर्कमा नै भयो । संचारकर्मीलाई “भर्डिक्ट” दिन कसैले आग्रह गरेको छैन र उसले दिन पनि सक्दैन, त्यो त अदालतले दिन्छ । संचारकर्मीले दिने के मात्र हो भने यदि गलत भएको छ भने त्यसको प्रमाण अदालतका लागि तयार गरिदिने हो, चित्त नबुझेकाहरु चाहे अदालत जाउन या नजाउन ।

10483639_10152130172082001_309687640098362951_n

संचारकर्मीले एनआरएनको बाइलज बिपरित उम्मेदवारहरुको वा निर्बाचितहरुको राजनीतिक संलग्नता र धाँदलीजन्य क्रियाकलाप जे कुरा भए पनि यथार्थ पस्की दिने हो, उसले कसैलाई अदालत जाउ पनि भन्दैन भने अदालत जान उकास्ने काम पनि गर्दैन तर आफुले पस्केको प्रमाण अदालत समक्ष बक्नु पर्यो भने पछाडी पनि हट्दैन । संचारकर्मीले निर्बाचनमा राजनीतिक दलका उम्मेदवारहरुको संलग्नता स्पस्ट रहेको उल्लेख गर्न र धाँदली भएका कुराहरु उठान गर्न चुक्नु पनि हुन्न । के त यस्ता कुराहरुको उठान न्युयोर्कका संचार र कर्मिहरुले गरे? राजनीतिक संलग्नता र धाँदलीजन्य प्रमाणहरु संचार र कर्मी आफैले खोजि बटुल्ने कुराहरु हुन, कसले यी प्रमाण यहाँ छ भनेर अगाडी ल्याई दिन्छ र? अनि संचारले त्यो उठान गर्ने?

नेपाली कांग्रेस पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिती न्युयोर्क च्याप्टरको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खगेन्द्र जीसी र महासचिब कृष्ण पोखरेलले दिएको शुभकामना मन्तब्यले कसैको ध्यानाकर्षण गरेको छैन । त्यो एउटा सामान्य प्रक्रिया हो । निर्बाचित व्यक्तिलाई जसले जुन सभा समारोहमा बोलाउन पनि सक्छन भने उनीहरुले त्यहा उपस्थित भएर शुभकामना मन्त्यब्य, व्यक्तिगत बक्तब्य वा जयजयकार व्यक्त गर्न सक्छन, यो बिसयमा उनीहरुलाई मोफसलका वा न्युयोर्ककै कसैले आपत्ति जनाएका छैनन । आपत्ति यतिमात्र हो की महासचिबका निर्बाचित कृष्ण पोखरेलले समितिको निर्बाचनका एकजना उम्मेदवार बिकास बिस्टको पक्षमा मत माग्दै हिड्नु हुन्न भन्ने मात्र थियो ।

10407469_10152135441302001_4216229775717267795_n

एनआरएन अमेरिकाको न्यायिक कमिटिलाई जति सक्रिय पारे पनि काम गर्ने व्यक्ति उही भएकाले त्यसबाट राजनीतिक र धाँदलीजन्य कुराहरुको सम्बोधन हुन सक्दैन । के हेर्यो न्यायिक कमिटीले? के गर्यो मेम्बर भेरिफिकेसन कमिटीले? के गर्यो रास्ट्रिय निर्बाचन आयोगले? अनि के गर्यो उसको सल्लाहाकार समितिले? जब उम्मेदवारहरुलाई भेडा बाख्रा झैं थुनेर मत गणना गर्दा जुन १५ को साँझ? के त्यो न्युयोर्क राज्य सरकारको नियमसंगत थियो? आइसीसीका डिआरसी सोनाम लामा आफुले मोबाइल फोन राख्न पाउने अनि उम्मेदवारहरुले राख्न नपाउने त्यस्तो विभेदकारी काम हुँदा न्युयोर्कका मिडिया कहाँ थिए? के उनीहरुको दायित्व होइन यो विभेदकारी काम गर्न पाइन्न भन्ने? लामाले मतगणनाको फोटो खिचेर फेसबुकमा अपलोड गर्न पाउने तर उम्मेदवारहरुले के कति मत पाए भनेर बाहिर बताउन नपाउने ज्यादतीपूर्ण काम हुँदा न्युयोर्कका मिडिया कहा थिए? के उनीहरुले त्यो कुरा उठान गर्नु पर्दैनथ्यो?

10501310_10152132229047001_845946931_n

एनआरएन एनसीसी अफ युएसको निर्बाचित कार्यसमितीमा आसिन व्यक्तिहरु बिगतमा प्रवासी नेपाली समाजमा क्रियाशील राजनैतिक व्यक्तित्वका रुपमा मात्र परिचित होइन, अध्यक्ष जिसी नेपाली कांग्रेस पार्टीले खटाएको सल्लाहाकार भएर अझै रहनु भएको छ, महासचिब कृष्ण पोख्रेल नेपाली जनसम्पर्क समिती न्युयोर्क च्याप्टरको सभापति हुनुहुन्थ्यो पहिले भने अहिले पनि वहा समितिकै साधारण सदस्य हुनुहुन्छ, त्यसैले त वहाले न्युयोर्क च्याप्टरको निर्बाचनमा बिकास बिस्टको पक्षमा मत माग्नु भयो । त्यस्तै आईसीसी प्रतिनिधि नबिन शेरचन उक्त च्याप्टरकै सभापति बन्नु भएको थियो भने अर्का आइसीसी प्रतिनिधि डा. बिनोद शाह जनसम्पर्क समितीका सल्लाहकार अझै हुनुहुन्छ, त्यस्तै नवनिर्वाचित उपाध्यक्ष बनिता कतिला नेकपा एमालेको भात्री संगठनको क्रियाशील सदस्य मात्र होइन, प्रबासी नेपाली मंचको केन्द्रिय सदस्य अझै हुनुहुन्छ । अर्का उपाध्यक्ष श्री पराजुली रास्ट्रिय प्रजातन्त्र पार्टी कास्की जिल्लाको सदस्य अझै हुनुहुन्छ ।

Jansampark-NC

एनआरएन एनसीसी अफ युएसएका बोर्ड अफ डाइरेक्टर धर्म भट्टराई समितिको मिचिगन च्याप्टर अध्यक्ष अझै हुनुहुन्छ भने अर्का बोर्ड अफ डाइरेक्टर बैकुण्ठ खनाल समितिको क्यालिफोर्निया च्याप्टरको सदस्य हुनुहुन्छ । राजनीतिक संस्थाका व्यक्तिहरुको सामाजिक संस्थामा उपस्थिति बाइलज बिपरित भएकाले त्यो अपराध सरह हो, एउटा संस्थाको बिधान उल्लङ्घन गर्नु के अपराध होइन? हामीले त्यसलाई अपराध ठान्नु हुन्न भनेर कसैलाई उन्मुक्ति दिन मिल्छ? मिडियाको काम त्यो गलत भयो सच्याउ भनेर खबरदारी गर्ने हो नमाने नाङ्गेझार पार्ने हो, यो हिम्मत लिने काममा न्युयोर्कका मिडियाहरु चुकेका छन ।

नेपालको प्रधानमन्त्री आउदा भेट्ने नपाउने, स्वागत गर्न एयरपोर्ट जानै नमिल्ने, तस्विर खिच्न नपाउने, अन्य सभा समारोहहरुमा गएर शुभकामना मन्तब्य दिनै नपाउने जस्ता निषेधका आज्ञाहरु निगरानीको नाममा मोफसलका मिडियाले जारी गरेको छैन, त्यो त अगुल्टोले हानेको कुकुर हात ठड्याउदा तर्सिन्छ भनेझै उहाँहरु आफै तर्सिनु भएको हो । गल्ति गर्नेलाई डर हुन्छ नगर्नेलाई के को डर? के मिडिया डराएका हुन र? निर्बाचित व्यक्तिहरु आफै डराएका हुन ।

ह्वाईट हिमाल टेलिभिजनमा नवनिर्वाचित अध्यक्ष खगेन्द्र जीसीले आफु पहिले जनसम्पर्क समितीको मातहतमा रहेर जे जस्तो जिम्मेवारी लिएर काम गरेको भए पनि अब नेपाली कांग्रेस र जनसम्पर्क समितीको कुनै जिम्मेवार निकायमा नरहेको र सम्पूर्ण पदबाट राजिनामा गरिसकेको छु त भन्नु भएछ अनि बजारमा व्याप्त समितिको २९ जना सल्लाहाकारहरुको सुचिमा वहा ६ नम्बरका सल्लाहाकार रहेकोमा भने केहि बोल्नु भएनछ । यदि वहाले कांग्रेस पार्टी र समितिबाट छोडी सक्नु भएको भने वहाले त्यो कुराको प्रमाण नै बजारमा ल्याउनु पर्छ, अनि सबैमा बिस्वास बढ्छ । होइन भने मौखिक आस्वाशनमा बिस्वास गर्ने कोहि छैन ।

10466672_10152132232117001_584369881_n

एनआरएन अमेरिकाको पहिलो कार्यकारी बैठक (कन्फरेन्स कल) मा सबैलाई आफुहरु कहीं कतै रहेको भए यथासिघ्र राजिनामा गरेर जानकारी दिन पनि सबैलाई भनिसकेको छु भन्ने अध्यक्ष जिसीका भनाईहरु उपाध्यक्षहरु पराजुली र कतिला तथा बोर्ड अफ डाइरेक्टरहरु भट्टराई र खनालले सार्बजनिक रुपमै देखाउनु पर्ने अहिले यतिखेर अमेरिकाको नेपाली समाजले खोजिरहेको छ । मौखिक रुपमा भन्ने र लिखित रुपमा सार्बजनिक गर्ने फरक कुराहरु हुन । वहाहरुले राजनीतिक संलग्नता त्याग गरेको प्रमाण सार्बजनिक संचार माध्यममा प्रमाण सहित नआउन्जेल सबै मिडियाहरुले खबरदारी गरी रहनु पर्छ ।

न्युयोर्कका संचारकर्मीहरु बिज्ञापनमा आधारित संचारकर्मबाट माथि उठ्नु पर्छ । निर्बाचनका बेला जे जति उम्मेदवारहरुबाट बिज्ञापन उठाइयो ति उम्मेदवारहरुले गरेका गलत प्रवृत्तिका बिरुद्द चुँ सम्म गर्न नसक्नुको अर्थ नै बिज्ञापन थियो । मोफसलका मिडियालाई कुन कुन न्युयोर्कका मिडियाले कुन कुन उम्मेदवारहरुसंग बिज्ञापन असुले र निर्बाचनका बेला राजनीतिक रंग पोतींदा र धाँदलीजन्य क्रियाकलाप हुँदा चुप लागेर बसे भन्ने कुरा राम्ररि ज्ञान छ ।

मिडिया र कर्मीहरुको दायित्व गलत कुराहरुको तत्काल उठान गर्नु हो र समाजलाई सुसुचित गर्नु हो । मिडियाको काम मर्नु अघि दबाईको खोजि गर्न गराउन सघाउनु हो, मरी सके पछि दुख मनाउ गर्नु र कात्रोको जोहो गर्न सघाउने होइन ।

एनआरएन अमेरिकामा राजनीति घुसिसकेको छ, त्यसलाई पर्दाफास गर्नु र बाहिर निकाल्न सघाउनु मिडियाको काम हो, न की राजनीति घुसीहाल्यो अब छोडीदिउ भनेर निच मारेर बस्नु । त्यस्तै पहिलो प्रजातान्त्रिक चुनावको नाउमा नेपालमा जस्तै धाँदलीको स्पस्ट पहिचान भएको छ । सिम्प्ली भोटिंगलाई दुरुपयोग गरिएको छ, निर्बाचन सहजीकरण भनेर थापिएका बुथहरुको दुरुपयोग भएको छ, हुलाकबाट पठाइएको मत प्रक्रिया गलत भएको छ, निर्बाचन आयोगले न्युयोर्कबाटै प्रचार प्रसारको प्रक्रिया लागु हुनु अघिनै कतिपय उम्मेदवारहरुलाई मतदाताहरुको इमेल चुहावट गरिएको छ, निर्बाचन आचार संहिता लागु गरिएन भने उजुरीलाई गलत अर्थ्याइएको छ र कारबाही गरिएको छैन । यो सब पद्दतिहिन कामको उठान गर्ने काममा न्युयोर्ककै मिडिया चुकेका छन ।

यी सबको पछाडी बिज्ञापनमा आधारित संचारकर्म जिम्मेवार छ । एउटा मिडियाले अहोरात्र राजनीतिक रंग रोगन र निर्बाचन धाँदलीका कुरा उठान गर्दा अन्य मिडिया कानमा तेल हालेर बस्नु अझ बिशेष गरी न्युयोर्ककै मिडिया चुपचाप बस्नु भनेको निर्बाचन आयोग, उम्मेदवारहरु र अन्य सबै पक्षबाट जे जति गलत काम भए त्यसको समर्थन गर्नु पनि हो । गलत कामको नतिजा बाहिर आइसके पछि अब पहिलो प्रजातान्त्रिक निर्बाचन हो छोडी दिउ भन्न कुन नैतिकताले मिल्छ? बहुसंख्यक उम्मेदवारहरुले चुनावमा राजनीति र धाँदलीको प्रसंग उठाईसकेपछि निर्बाचन आयोगले अवैतनिक भनेर चुपचाप बस्यो । के यो नैतिक काम हो? यस्तो प्रसंग उठी सकेपछि त्यसको छानबिन गराउने जिम्मा उसैको हो । निर्बाचन आयोगको रबैयाले देखाएको छ -उसले निर्बाचन कसैका लागि गर्यो र परिणाम बाहिर ल्यायो अनि चुपचाप बस्यो ।

खासमा उम्मेदवारहरुले सदासयता देखाए र मुद्दामामिला नगर्ने तर पछाडी हट्ने निर्णय गरे । यो कुरालाई निर्बाचन आयोगले आफ्नो बिजय सम्झ्यो होला तर यो बिजय ठान्नेहरुलाई कठघरामा उभ्याउने साहस गर्ने हो वा संघिय अनुसन्धानकर्तालाई निर्बाचन आयोगका सबै गतिबिधि जिम्मा लगाउने हो भने यो प्रकारको दुस्साहस फेरी कसैले गर्न सक्दैन । निर्बाचन आयोगको निरिहता र केहि उम्मेदवारहरुको राजनीतिक संलग्नता र धाँदलीजन्य क्रियाकलापको पछाडी न्युयोर्कका नेपाली मिडियाहरुको संचारकर्मको असफलता जिम्मेवार छ ।

यसमा तपाईको मत