कोषाध्यक्ष पदका प्रत्यासी दाहालका प्रतिबद्दताहरु

 10363738_1416500498627400_814526803680178821_n

टेक्सास राज्यका ब्यबसायी तथा समाजसेवी गोकर्ण दाहालले एनआरएन एनसीसी युएसएको आसन्न निर्बाचनमा कोषाध्यक्ष पदको उम्मेद्वारी दिंदै आफ्ना प्रतिबद्दताहरु सार्बजनिक गरेका छन:

”एक पटक को नेपाली सधै नेपाली”

आर्थिक पारदर्शिता बिना कुनै समाजको बिकाश सम्भव छैन भन्दै दाहालले आगामी जुन ४ देखि ९ सम्म हुन् गइरहेको एनआरएन एनसीसीको निर्बाचनमा कोषाध्यक्ष पदमा उमेदवारी दिएको कुरा निबेदन गरेका छन । नेपालको नुवाकोट जिल्लामा जन्मी हाल अमेरिका को टेक्सास राज्यमा बिगत १५ वर्ष देखि बस्दै आएका दाहाल लामो समयदेखि निजि व्यापार व्यवसायमा संलग्न छन । विदेशको बसाइ संगसंगै प्रवासमा रहेका नेपाली संस्थाहरुमा पनि म उत्तिकै संलग्न रहदै, नेपाली समाज को निरन्तर सेवा गर्दै आइरहेका छन । समग्र नेपाली जनजीबनका सरोकारका क्षेत्रहरु पनि उनको चासोका बिषय हुन । निजि व्यवसायका मध्यमबाट नेपालमा समेत विभिन्न प्रतिष्ठित परियोजनाहरुमा लगानी गरेको हुँदा नेपालमा प्रबासी नेपालीको लगानी सम्बन्धि अनुभव उनमा छ । यसबाट प्रबासमा रहेका नेपालीहरुले लगानी गर्दा भोग्नु पर्ने कठिनाईसंग दाहाल जानकार छन । प्रबासी लगानीमा भएका कठिनाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको रहर छ ।

प्रवासमा बसेर मातृभूमिको सेवा गर्ने अनेकौ उपायहरु मध्ये बिदेशी लगानी नेपाल भित्र्याउने पनि एक महत्वपूर्ण कार्य हो । आर्थिक पक्ष नै सबै भन्दा जटिल रहेको बर्तमान परिप्रेक्ष्यमा एनआरएनको मध्यमबाट केहि ठोस काम गर्नु पर्छ भन्ने अठोट र दृढताका साथ दाहाल मैदानमा उभिएका हुन । व्यक्तिगत रुपमा लगानी भए पनि एनआरएनबाट सस्थागत हिसाबले ब्यबस्थित हुन नसकेको कार्यलाई अझ संस्थागत गर्नु आजको आबश्यकता हो -उनि भन्छन । एनआरएनले गर्दै आएका सामाजिक कार्यहरु जस्तै बृदाश्रम, पिछडिएका बर्गको शैक्षिक उत्थान तथा रोजगारमूलक क्षेत्रहरु यसका अत्यन्त सबल पक्ष हुन । नेपालको बिकाशका लागि पूर्वाधार निर्माण(जस्तै: जल, उर्जा, स्वास्थ तथा शिक्षा) का सवालमा एनआरएन जस्ता संस्थाको लगानी तथा सरोकार रहनु पर्छ भन्ने मलाई लाग्दछ दाहाल जोड दिंदै भन्छन । यसका साथै अग्रजहरूले थालेका राम्रा कामहरूको निरन्तरता र समयको परिवर्तनसंगै थपिदै गएका हाम्रा चुनौतीहरूलाई सामना गर्न यस संस्थालाई निरन्तर सक्रिय भूमिका निर्वाह गर्न मेरो प्रण रहनेछ ।

दाहालले देहायका कामहरु गरेर देखाउने बचन दिएका छन:

* कोषाध्यक्षका हैसियतले एनआरएनको आर्थिक कारोबार शतप्रतिशत पारदर्शी बनाउने साथै प्रत्येक ३ महिनामा यस संस्थाका सम्पूर्ण साधारण सदस्यहरुसम्म इमेल मार्फत आर्थिक कारोबारको जानकारी गराउने,
* प्रबासमा रहेका नेपालीहरुको भावना र देश प्रतिको सेवा-भाव लाई कदर गर्दै त्यसको ठोस नतिजा आफ्नो जन्मभुमि नेपालमा देखियोस भन्ने अभिप्राय ले काम गर्ने,
* आर्थिक अनुसाशन तथा आर्थिक संयोजन कुनै पनि सस्थाको लागि मेरुदण्ड हो । त्यसमा पनि परदेशमा बसेर कस्टकर जिबन बिताउदै मातृभूमि नेपालको निम्ति परिश्रम र पसिनाबाट जम्मा हुने रकमले गर्ने कार्य अतुलनिय छ । तसर्थ आर्थिक खर्चमा संस्थाको नियमित खर्च बाहेकका ठूला खर्चहरुमा साधारण सदस्यको समेत बिचारको सम्बोधन हुने गरि सेमिनार/गोष्ठी मार्फत निर्क्योलमा पुग्ने,
* प्रबासमा बस्दै आउनु भएर स्वदेशको निम्ति चिन्तन तथा सेवा पुर्याउन चाहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदिबहिनिहरुको भावनाको कदर गर्दै र एनआरएन मार्फत देशका लागि पुर्याउन खोज्नु भएको योगदानको सराहना गर्दै यसलाई अझ पारदर्शी र योजना मुखी बनाउने
* दोहोरो नागरिता, नया संबिधानमा प्रबासीको हक, अधिकार स्थापित गराउन महत्वपूर्ण भुमिका खेल्ने
* अमेरिकाका सबै राज्यहरुमा च्याप्टरहरु गठन गरि एनआरएन अमेरिकाको अर्को चुनाव अघि सदस्य संख्या बढाउन लागिपर्ने
* एनआरएन आपतकालिन कोष स्थापना भैसकेको हुँदा त्यो ब्रिद्दि गर्न भूमिका निभाउने
* नेपालमा लगानी गर्न ‘लगानी कोष’ गठन गर्ने र कोषको संचालन निर्देशिका तयार गर्न पहल गर्ने
* नेपालमै उद्योग धन्दा खोल्न चाहाने प्रबासीहरुलाई कुनै पनि किसिमको दोहोरो कर तिर्नु नपर्ने ब्यबस्था गर्न लगाउने
* नेपालबाट सम्पत्ति बेच बिखन गरि अमेरिका ल्याउन पाउने ब्यबस्था सहज बनाउन नीति निर्माण गर्न लगाउन पहल गर्ने

अन्त्यमा, एनआरएन अमेरिका मार्फत निरन्तर नेपाल र नेपालीको सेवाको निम्ति लागि पर्ने छु भन्दै हामी सबै सगसगै हिड्न र नेपाली जिबन पद्दतिमा सक्दो परवर्तन ल्याउन सबैको सहयोगको अपेक्षा गर्दछु भन्दै कोषाध्यक्षका उम्मेदवार गोकर्ण दाहालले सम्पूर्ण मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न आह्वान गरेका छन ।

 

यसमा तपाईको मत