महासमिति सदस्य बिस्टद्वारा एनआरएन चुनाव बारे स्पस्ट

10402560_1417280911882692_3916010448719487335_n

10402560_1417280911882692_3916010448719487335_n

नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द बिस्टले नेपाली जनसम्पर्क समिति अमेरिकाको कोलोराडो च्याप्टरको आजको अधिबेसनमा एनआरएन एनसीसी युएसएको चुनाव बारे आफ्नो धारणा स्पस्ट पारेका छन । यतिखेर कोलोराडो च्याप्टरको अधिबेशन भैरहेको छ ।

दशकौदेखि जनसम्पर्क समिति भित्र व्यक्तिगत र अन्य बिबिध कारणबस एकता नभईरहेको बर्तमान अबस्थामा अहिले आएर एकताको संचार भएको बिस्टले केहि क्षण अघि च्याप्टरको अधिबेसनमा आफ्नो धारणा राख्दै भने -अब हामी नेपाली कांग्रेससंग सम्बन्धित सबैले बोलीमा मात्र होइन ब्यबहारमा यो एकतालाई लागु गरेर देखाउनु पर्छ । हामीले सानातिना मतभेदलाई बिर्सेर अमेरिकामा भएका कूल नेपालीहरुको ८० प्रतिशत हिस्सा नेपाली कांग्रेसको कार्यकर्ता भएको नाताले यति ठुलो जनमानसलाई चाहिने समाजका सबै संघ संस्थाहरुको ब्यबस्थापनमा सहयोगी भई काम गर्नु पर्छ ।

महासमिति सदस्य बिस्टले भने -एएनए, एनआरएन वा अन्य कुनै पनि संघ संस्थामा हाम्रो प्रवेश हुन्छ तर हामी त्यहा नेपाली कांग्रेसको झण्डा बोकेर जांदैनौ, हाम्रो बिधान बोकेर जांदैनौ । ति सामाजिक संघ संस्थाहरुको आफ्नै बिधान हुने भएकाले त्यहि बिधानलाई मानेर काम गर्न पनि हामी लगनशील हुन्छौ । अन्य राजनीतिक दलहरुको पनि अमेरिकामा उपस्थिति छ, अन्य दलका नेता कार्यकर्ताले मुख खोलेर भन्न नसकिरहेको तितो यथार्थ बिस्टले आज कोलोराडोमा ओकली दिए ।

एनआरएन एनसीसी युएसएको आसन्न निर्बाचनमा भर्जिनिया, टेक्सास र क्यालिफोर्निया च्याप्टरका नेपाली कांग्रेस समर्थित नेपाली जनसम्पर्क समिति अमेरिकाका समर्थकहरुले प्रबेस गरेको कुरो बाहिर आउदा कतिपयलाई पाचन नभए पनि वा एनआरएन एनसीसी अफ युएसएको चुनावको कोड अफ कंडक्ट आकर्षित हुने डर त्रास बाँकी रहंदा बिस्टले कोलोराडो च्याप्टरको अधिबेसनको क्रममा नेपाली कांग्रेसको धारणा स्पस्ट पारेका छन ।

बाहिरबाट नेपाली कांग्रेस पार्टीको नेता-कार्यकर्ताको रुपमा एनआरएन प्रवेश भए पनि भित्र पसीसके पछि एनआरएनको बिधान मान्छु र एनआरएनकै कोड अफ कंडक्ट सिरोधार्य गर्छु भन्दा चुनावले उनीहरुलाई बाटो छेक्न नसक्ने महासमिति सदस्य बिस्टको भनाई रहेको बुझिन्छ । यदि यो भनाई सहि हो भने अन्य राजनीतिक दल पनि एनआरएनमा यसैगरी प्रवेश गर्न सक्ने बाटो नेपाली कांग्रेसका नेता बिस्टले खोली दिएको अनुमान गर्न सकिन्छ ।

हेरौ, एनआरएन एनसीसी अफ युएसए रास्ट्रिय निर्बाचन आयोगले यो मुद्दालाई कसरि लिन्छ?

यसमा तपाईको मत