एनआरएन आइसीसी प्रतिनिधिका उम्मेदवार शेरचन के भन्छन?

10373979_1417663778511072_6091620890091965526_n

एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाबाट एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्वका लागि उमेदवारी दिने नबिन शेरचनले मुख खोल्दै भनेका छन मलाई भोट किन?

बिश्वका बिभिन्न देशहरुमा बैदेशिक रोजगारीको लागि बिदेशिएका नेपालीहरुले दुखद पिडा भोगिरहेका छन । अरबको खाडीमा मात्र ७ सय भन्दा बढी गरीब नेपालीहरुका छोराछोरीहरु जेल भित्र सड्नु परेको छ । यस्ता नेपालीहरुलाई एनआरएनको अन्तरराष्ट्रिय संयन्त्रमा गएर सहि सलामत नेपाल फर्काउने संयन्त्र तयार गर्ने प्रयास गर्नेछु -आइसीसी प्रतिनिधिका उम्मेदवार नबिन शेरचनले भनेका छन ।

दिन दिनै घर परिवारबाट छुट्टिएर एक छाक राम्रो खान र आ-आफ्ना बालबच्चाहरुलाई स्कुल पठाउन सक्ने बन्न बिदेशी भुमिमा कठोर काम गरेर फरकेका नेपाली दाजुभाईहरुलाई आफ्नै देशको एअरपोर्टमा दिने दु:ख र हैरानीलाई निरुत्साहित पार्न र लडन एनआरएनको अन्तरास्ट्रिय संयन्त्र तयार गर्ने प्रयास गर्ने छु भन्दै शेरचनले भनेका छन -एनआरएन एनसीसी युएसए र एनआरएन आइसीसीलाई बिदेशमा बस्ने नेपालीहरुको सामुहिक हितको लागि समन्वय गर्न प्रयत्न गर्नेछु ।

अहिले अमेरिकामा चार हजार भन्दा बढी यंही पढेका नेपालको बिकास हेर्न चाहने नब जबानहरु यहाँका ठुला ठुला कम्पनीहरुमा काम गर्छन । यो सक्षम युबाशक्तीले साधारण काम गर्ने नेपालीहरुले भन्दा दशौं गुणा बढी कमाइ गरिरहेका छन । यिनीहरु अहिले एनआरएनको अांखामा ओझेलमा परेका छन । बिदेशमा बस्ने देशको ठुलो सम्पत्तिको हिस्साको यो जमातलाई अगाडि ल्याई देश बिकासमा यिनिहरुको शिप, ज्ञान र धन लगानी गराउन प्रयास गर्ने छु भन्दै आइसीसी प्रतिनिधिका लागि हुन गैरहेको चुनावमा उठेका एनआरएनका सबै मुद्दाहरुमा सहयोग गर्न लागि पर्ने छु -प्रतिस्पर्धी शेरचनको भनाई छ ।

यसमा तपाईको मत