पद र अनुभव सुहाउँदा व्यक्ति खरेल

10309660_1417737005170416_3071709540910031431_n

एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनका जनसम्पर्क अधिकारी तथा प्रबक्ता पद र प्रत्यासी रमाकान्त खरेल म्याच भएको देखिन्छ । केहि दिन अघि खरेलसंग कुराकानी हुँदा पनि उनले आफुले चाहेको र एनआरएन अमेरिकाले मागेको पद यहि भएको खुलासा गरेका थिए । सानो संजालबाट बाहिर निस्केर ठुलो आकार लिंदै गरेको एनआरएन अमेरिकालाई अझै हजारौं सदस्यहरुको माझ पुर्याउन हरेकसंग सम्पर्क सूत्रको रुपमा काम गर्न आफु इच्छुक भएको र ६-७ बर्षको च्यारिटी कार्यक्रमहरुको अनुभव पुन दोहोर्याउन चाहेको ब्यक्त गरेका थिए ।

जनसम्पर्क अधिकारी तथा प्रबक्ता पदमा आफुलाई एनआरएन अमेरिकाका मतदाताहरुले जिताएर सहयोग गरे उनले सामाजिक सेवा क्षेत्रमा बटुलेको २० बर्षको अनुभवबाट एनआरएन अमेरिकालाई एउटा सशक्त स्वयंसेवी संस्थाको रुपमा स्थापित गराएर छाड्ने बचन दिएका छन ।

आज साँझ जारी गरेको बक्तब्यको रुपमा आफ्ना भनाई सार्बजनिक गर्दै खरेलले एनआरएन अमेरिकाको शुरुवातदेखि आफुले कुनै औपचारिक पद बिना नै स्वयंसेवी कार्य गर्दै आएको खुलाएका छन । अधिकतम लक्ष भनेको गैर आबासिय नेपालीहरुको सेवा गर्नु हो भन्दै उनले यस अघिदेखि नै पर्याप्त समय र श्रोत उपलब्ध गराउंदै आईरहेका पनि बताएका छन । यतिखेर एनआरएन अमेरिकाको लागि खरेल जस्ता व्यक्ति र स्वयमसेविको अझै खाँचो छ र भन्न सकिन्छ जनसम्पर्क अधिकारीको रुपमा काम गर्न यो पटक उनलाई मतदाताहरुले अवसर दिनु पर्छ ।

जनसम्पर्क अधिकारी तथा प्रबक्ता पदका प्रत्यासी रमाकान्त खरेल बिस्वासका साथ भन्छन -एनआरएन अमेरिकाले अझसम्म पनि आम नेपालीहरुसंगको सम्बन्ध वा सम्पर्क बिस्तार जस्ता जल्दा बल्दा समस्या समाधानमा काम गर्नु पर्ने खाँचो छ । त्यसैगरी दोहोरो नागरिकता, नेपालमा भएका श्रीसम्पत्ति माथिको अधिकार र कर सम्झौताहरुमा परिबर्तन जस्ता मुद्दाहरु समाधानमा काम गर्नु पर्ने छ ।

अर्को प्रमुख कुरा समयमा निर्बाचन सम्पन्न गर्नु पर्ने र नेपाली डायस्पोराका प्रत्यक सदस्यहरुले प्रस्ट देख्ने गरी एनआरएन अमेरिकाका गतिबिधिहरु पारदर्शी बनाउनु छ, जसका लागि जनसम्पर्क अधिकारीको प्रमुख भूमिका हुन्छ र त्यो भूमिका निर्बाहा गर्न आफु सक्षम रहेको र त्यो व्यक्ति आफु रहेको खरेलले दाबीका साथ बताएका छन ।

सन २००७ देखि २०१३ सम्म एनआरएन अमेरिकाको च्यारिटी टास्क फोर्समा आफुले मनोनित भई कार्य गरी सकेको हुँदा उक्त कार्यलाई निरन्तरता दिन पनि आफु जनसम्पर्क अधिकारी तथा प्रबक्ता पदमा उम्मेदवार भएको स्पस्ट पारेका छन ।

सिधा कुरा खरेल जस्ता अनुभवी र स्वयमसेवी भावना भएका व्यक्तिलाई चिनेर सबै मतदाताहरुले मतदान गर्नु पर्ने कुरामा जोड दिन चाहान्छ । हाम्रा र नयाँ अनुहार मात्र होइन राम्रा र अनुभवी स्वयमसेवी पनि एनआरएन एनसीसी अफ युएसएलाई चाहिन्छ ।

यसमा तपाईको मत