नेपाल महोत्सब टेक्सास उम्मेदवारहरुको मंच हुने

 10308351_1417529268524523_8038742800003936594_n नेपाल अमेरिका वेलफेयर एसोसिएसनले प्रबासी नेपाली मंचसंगको सहयोग र नेपाल सरकारको उद्योग मन्त्रालयको साझेदारीमा यहि मे २४ देखि २६ सम्म ३ दिने नेपाल महोत्सव टेक्सासमा आयोजना गर्न लागेको एसोसिएसनले जनाएको छ । प्रमुख अतिथि नेपालका उद्योग मन्त्रि कर्ण बहादुर थापाले महोत्सबको उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा नेपाली ब्यबसाय, बिबिध परम्परागत खानेकुरा, नेपाल, अमेरिका, दक्षिण अमेरिका, भारत र बगलादेशका सांस्कृतिक कार्यक्रमहरुको आदान प्रदान जस्ता कुराहरुको प्रबर्धन गर्नु रहेको एसोसिएसनको तर्फबाट जानकारी गराइएको छ । महोत्सबमा परम्परागत नेपाली खानेकुराहरुको बृहद प्रदर्शनी हुनेछ भने नेपालको ब्यापार तथा पर्यटन अभिब्रिद्दी हुने खालका १ सय वटा स्टलको ब्यबस्था गर्न लागिएको महोत्सवका आयोजक एसोसिएसनका अध्यक्ष शेषराज खतिवडाले बताएका छन । नेपाली हस्तकला, गलैचा, तयारी पोशाक लगाएतका निकासीयोग्य बस्तुहरुको प्रदर्शनीको बिशेष ब्यबस्था हुनेछ । महोत्सबको उद्घाटन सत्रमा नेपाल सरकारका सरकारी प्रतिनिधिहरु र टेक्सास राज्यका सरकारी अधिकारिहरु सहभागी हुनेछन । महोत्सबमा बिबिध नेपाली सांस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछ । बिशेषगरि नृत्य, दोहोरी गीत, हास्य कार्यक्रम र नाटक प्रस्तुत हुने आयोजकले जनाएका छन । नेपालबाट धेरै ब्यबसायीहरु सहभागी हुने ब्यबस्था मिलाईएको एसोसिएसनका अध्यक्ष खतिवडाले बताएका छन । नेपाल प्रबर्धनको सोच राखेको एसोसिएसनको यो प्रयास सन २००६ देखिकै हो भने सन २००८ मा एसोसिएसनको स्थापना पछि अमेरिकाका बिभिन्न राज्यहरुमा ट्रेड शो वा यस्तै महोत्सब आयोजना गरिने अध्यक्ष खतिवडाले त्यतिबेलादेखि नै बताउदै आएका थिए । अहिले भने खतिवडाले त्यो बेलादेखिको उनको योजना पुरा गरेरै छाड्ने भएका छन । एसोसिएसनका अध्यक्ष खतिवडा नेपाली हस्तनिर्मित गलैंचा उद्योग क्षेत्रमा ४० बर्षदेखि निरन्तर सक्रिय छन । उनले गलैंचाको लागि आबस्यक उनी धागो, रंगाई र वासिंग ब्यबसाय लगाएत गलैंचा निकासी र उन पैठारीका क्षेत्रमा ठुलो भूमिका खेलेका छन । नेपाल सरकारको तत्कालिन गलैचा तथा उन बिकास समिति, ब्यापार प्रबर्धन केन्द्र, निकासी प्रबर्धन समिति लगाएतका सरकारी निकायहरुका नीति निर्माणमा सघाएका थिए । अमेरिका आएर पनि उनले निरन्तर गलैंचाको आयात ब्यबसाय संचालन गरिरहेका छन । एसोसिएसनका अध्यक्ष खतिवडालाई पछिल्लो समयमा व्यक्तिगत तवरले गरिने निकासी पैठारी भन्दा ट्रेड शो वा फेस्टिबल आयोजना गरि सिंगो नेपालकै प्रबर्धनमा नेपालीहरुलाई अभिप्रेरित गर्ने भोक जागेको छ । उनको झन्डै ४ दशकको अनुभव अब बास्तबिक रुपमा प्रयोगमा ल्याउन लागेको खतिवडाले बताएका छन । एसोसिएसनले आयोजना गर्ने नेपाल महोत्सब पनि एनआरएन अमेरिकाको एउटा दह्रो एजेन्डा हो । यहि भएर आसन्न निर्बाचनका प्रतिस्पर्धी, मिडिया, मतदाताहरु र झन्डै १ हजार जति नेपालीहरुलाई महोत्सबमा बोलाएर एनआरएन अमेरिकाको एजेन्डा यसरि कार्यान्वयन हुन सक्छ भनेर देखाउने खतिवडाको उद्देस्य छ । यो उद्देस्य बास्तबमै एनआरएनका एजेन्डाहरुलाई कार्यान्वयन गर्ने सुत्र पनि हो । चुनावका अध्यक्ष पदका प्रतिस्पर्धी शिब कुमार राई लगाएत आइसीसी प्रतिनिधिका उम्मेदवारहरु र अन्य प्रतिष्पर्धीहरु समेत धेरैले यो महोत्सवमा भाग लिनेछन । एसोसिएसनले चुनावका प्रतिस्पर्धी, मतदाता र मिडियालाई महोत्सबकै छेउमा अन्तरक्रिया समेत गराउन लागिरहेको हुँदा यो पनि चुनावको एउटा सशक्त पाटो बन्दैछ । एनआरएन अमेरिकाको चुनावका उम्मेदवारहरु, मतदाताहरु र संचारकर्मीहरु बिचको यो अन्तरक्रिया अहिलेसम्मकै धेरै व्यक्तिहरु सम्मिलित कार्यक्रम हुने खतिवडाले बताएका छन । एसोसिएसनका अध्यक्ष शेषराज खतिवडा स्वयम पनि एनआरएन एनसीसी अफ युएसएको आसन्न निर्बाचनको उपाध्यक्ष पदका उम्मेदवार छन ।

यसमा तपाईको मत