महासचिब पदमा बोहोरा कीन?

10290698_1417095955234521_1351106631984693664_n

एनआरएन एनसीसी युएसएको आसन्न निर्बाचनका लागि आफु सांगठनिक रुपमा दह्रो व्यक्ति भएकाले महासचिव पदको लागि सक्षम भएको आयोआ राज्य निबासी पुरुषोत्तम बोहोराले दाबि गरेका छन । बोहोराले भनेका छन -मेरो अनुभवले मलाई यो पद म्याच हुन्छ र म काम गरेर देखाउन सक्छु । सन २००४ मा अमेरिका आए यता बोहोरा लामो समय केन्टकीका बासिन्दा रहे । नेपाल अमेरिका सोसाइटी अफ केन्टकीका केहि समय अघि बोहोरा अध्यक्ष थिए । नेपालमा नुवाकोट जिल्लाको कविलास घर भएका बोहोरा कविलास गाउका दलित बाल बालिकाहरुलाई शिक्षाको राम्रो ब्यबस्था गर्ने काममा सक्रिय छन । देशका बिभिन्न भागमा भैरहने बाढी पहिरो र झाडा पखाला जस्ता दैबी प्रकोप नियन्त्रणका लागि बेला बेलामा सहयोग जुटाउने र नेपाल पठाई उद्दार कार्यमा सघाउने गर्दै आईरहेका छन । कविलासकै ५२ जना बालबालिकाहरुलाई अहिले आबासिय बिद्यालयमा पढाउने कामको जिम्मा अन्य साथिभाईहरुसंग मिलेर गरिरहेको बोहोरा बताउछन ।

गत हप्ता क्यालिफोर्नियामा आयोजित सम्प्रेषणमा बोहोराले संघ संगठनको महासचिब जस्तो पदमा काम गर्न राजनीतिक ज्ञान हुनपर्ने र त्यसले संघ संस्थालाई मजबुत बनाउन सघाउने बताउँदा अन्य केहि उम्मेदवारहरुलाई टाउको दुखेका बारे उनले टिप्पणी गरेका छन -त्यस्तो टाउको दुखाई बौद्धिक दिवालियापन हो र त्यसले समाजमा केहि गरेर देखाउन सक्तैन, उनले भनेका छन अर्काको डाहा गर्नेले आफ्नो झनै केहि गर्न सक्दैन, न त समाजको भलो चिताउन सक्छ । उनले भनेका छन राजनीति खराब कुरा होइन तर एकादुई व्यक्तिले राजनीति खराब पार्नुको दोष सिङ्गै राजनीतिक प्रणाली माथि थोपर्नु गलत हो । बोहोराले भनेका छन -राजनीतिक ज्ञान भनेको सांगठनिक शक्ति हो त्यसलाई समाजकै भलोका लागि उपयोग गरिने हुनाले राजनीतिप्रति टाउको नदुखाउन सबैलाई आग्रह गर्दछु । जो जो संग राजनीतिक ज्ञान भए पनि त्यो उसको अन्तरआत्मामा हुन्छ, एनआरएन अमेरिकाको आफ्नै बिधान भएकाले अन्य राजनीतिक ज्ञान त्यहा उपयोग गर्नु हुन्न तर सांगठनिक ज्ञान उपयोगकै माध्यमबाट एनआरएन संगठन मजबुत बनाउन सकिन्छ ।

महासचिब पदका सशक्त उम्मेदवार बोहोराको संगठन मजबुत बनाउन सकिने यो सुत्र एनआरएन अमेरिकाको संगठन मजबुत बनाउन उपयोगी हुन सक्दैन भन्न पनि सकिन्न ।

यसमा तपाईको मत